निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी

 निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी परेको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चार वटा उजुरी परेको जानकारी दिइएको हो । उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । 

बैठकले सुनुवाइका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जन सहित पारित गरिएको उनले बताए । 

संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो भने त्यसपछि समितिले प्रधानविरूद्व उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।