नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकाली अन्तरिम आदेश
![](https://snowberry.prixacdn.net/media/gallery_folder/supreme_1614096083_w7FXJeizOV_ng3pxlxcfpuylao8t1n6dfccuk3dqusidfbavq3vu0i2npvqp3ns4qafydne_mhHpif9gZA_ypdxz7kgfxkthbifyhjvh5wcybjzz0u6zwakxreigydvx3crrlxtlbucvxcc.jpeg)
अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो ।
इजलासले यो मुद्दामा विपक्षीसँग लिखित जवाफ माग गरेको छ र अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यतिन्जेलसम्मका लागि अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेपछि १९ जनाले आवेदन दिएका थिए । समितिले तीमध्ये पाँचको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित भए ।
तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए ।
![साताको अन्तिम दिन बिहीबार नेप्से) १५.६ अंकले बढेको](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-35-49-982_171aVsdDbP_ovktc9xkci4ssnkx9npgfide9eqxz1lgq0zuxn8zv8ivocieynjr2xoayrri_4mU2pHaPDx_qm4ae4ak0hkavzjsf6lu54s1dftfr56znnomwbuyd4cfe4fin1rbgof0mjxb.jpg)
साताको अन्तिम दिन बिहीबार नेप्से) १५.६ अंकले बढेको
![कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_kUK6sxFlPD_oo3maay7sbjbt5b0imfwpld6dsmohrzkugkzyvyg0grf6h4bxfpivyhixrii_kUsZxGd0X2_ncsfh5ardykixsostbxkcwjjd5uiug71edrbbqimlqjklwmvlchvbdruml30.jpeg)
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
![बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलाले गरे आत्महत्या , बेहुलीको उजाडियो सिउँदो](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_15-22-39-312_pgijPG6Yzw_jflqali2i2wviwofb1glywaixjccjioozkpsdnvg4lurritxjuqlta24eyyg_IsEDudFqr4_p8eqfxy4d1cupibgioyezq1wt7rvg6e7zkdwwmtvuvygawgylrnedsxo2rov.png)
बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलाले गरे आत्महत्या , बेहुलीको उजाडियो सिउ…
![सहकारी छानबिन समितिले गृह सचिव र आईजीपीलाई छलफलमा बोलायाे](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari-chhanbin-samiti_aJkJrcLgmf-2_29IHTGvPyK_jgb5xnmfctdgpz2n9bqgwufhmjxxo8aalqufuffcyb5ptxieysqbvpxrdbsd_fXihSAZcYU_cubpm63p5o4nq6197tkpeclmsrhdjwewn6tzjiikdb1bc963gunpzrf68uyk.jpg)
सहकारी छानबिन समितिले गृह सचिव र आईजीपीलाई छलफलमा बोलायाे
![काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु संक्रमण पुष्टि](https://snowberry.prixacdn.net/media/gallery_folder/dengu.2022-08-01-01-26-06_x4jjantVk9_w1acyacvsoloexcxoqc5l12uevya4xqlqhgcwof7brpnikmmh1la278ixyrh_S5IfeIr9qI_rndhhqsammgxleequgrzv5nanhhggfo1bfyqnendumbtxsvfdktygwafzytm.jpeg)
काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु संक्रमण पुष्टि
![बाँकेमा फरार प्रतिवादी समात्न खोज्दा प्रहरी र स्थानीयबीच झडपपछि गोली चल्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/download_JEoiiuAZF5_vhmm9ljc9v2c7l4b3pbbbajjtkxwmff5ry36cpkm54e3riwgip8ggzcagv1d_xSmG4Oo7TV_ici5nhcjrnwkpxnt4rmyqc60h0gyvpsgusuck3bjju9fumb4kwri2l3j9ulu.jpeg)
बाँकेमा फरार प्रतिवादी समात्न खोज्दा प्रहरी र स्थानीयबीच झडपपछि गोली चल्यो
![वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न सरकारले बनायो समिति](https://snowberry.prixacdn.net/media/gallery_folder/nac-nepal-airlines-bayusewa-nigam_JL0ivwyXdX_qwaytdzniescwhh7kdhyinlrfsgpcsknh1lsi8d1p8bfba0x4ywjzsf5mvqw_APzZV1Gpe2_w8wcm6br2hlqxxlvmoowaazarqx6vajriugllcbagoq6qrgdz9wxz6pghooi.jpg)
वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न सरकारले बनायो समि…
![एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाइ](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-_-e1673347786644_LLUEOZim6Q_evvxbko5abkibftven4pvftdtnezqibshcklcovkd1ifgw3mt6uotf8bwenw_fpvmaddzZU_1ytrgxpapeapylcpul6ojw45lxmbs4coclsfeal7nemdycbyqdflcwgtfwm4.jpg)
प्रतिक्रिया