नरहामा पोखरीमा डुबेर मृत्यु बालकको शव मंगलबार फेला

सिराहाको नरहामा पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ। नरहा गाउँ पालिका- ३ खोरियास्थित खोला किनारमा रहेको स्थानीय वसन्त यादवको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उक्त पोखरी गिट्टीबालुवाको अवैध उत्खनन् गर्दा बनेको आरोप स्थानीयले लगाएका छन्।  सोमबार दिउँसोदेखि हराइरहेका दुवै बालकको शव मंगलबार बिहान फेला पारिएको  इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। दुबै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।