गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउँदैन थियो : पूर्वप्रधानमन्त्री देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालाको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशिल, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताए । उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे ।

आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि उनले स्मरण गरे । देउवाले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए । उनले प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रुपमा कोइरालालाई चित्रण गरे ।