एमालेको सचिवालय बैठक ३ बजे बस्ने

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो ३ बजे ललितपुर,च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए ।