विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु

सर्लाहीमा विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु भएको छ। 

बागमती नगरपालिका– ४ का राजेन्द्र तामाङका छोरा ११ वर्षीय रोजित तामाङको सर्पले डसेर मृत्यु भएको हो। आफ्नै घरमा खेलिरहेका रोजितलाई सोमबार विषालु सर्पले डसेको परिवारका सदस्यले बताएका छन्।

ढिलोगरी बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याइएको थियो। केन्द्रमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।