प्रचण्डले राजीनामा नदिने भएसँगै घट्याे नेप्से

नेकपा एमाले र नेपाली कांग्रेसको समीकरणमा नयाँ सरकार बन्ने चर्चा चुलिएसँगै सकारात्मक सर्किट लागेको नेप्से परिसूचक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएसँगै ह्वात्तै घटेको छ ।

कारोबार सुरु भएको एक मिनेटमै पहिलो सर्किट ब्रेक र त्यसपछि खुलेको बजारमा पुन: एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । दुई सर्किटपछि नेप्से १०२.६८ अंकले बढेर २ हजार एक सय ५६ विन्दुमा पुगेको थियो ।

पहिलो सर्किटमा २० मिनेट र दोस्रो सर्किटमा अहिले ४० मिनेटका लागि बन्द भएर १२ बजेर १ मिनेटमा खुलेको बजार दश मिनेटमै दुई हजार ८७.८ बिन्दुमा झरेको छ ।

नेपाली कांग्रेस र एमालेबी सोमबार राति नयाँ सरकार बन्ने सहमति भएको छ । नयाँ सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाका कारण नेप्सेमा उछाल आएको देखिएको थियो ।