शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bakrapalan%2520rajkumar_RXjGyiR5IR_jetg6naj8re89z6typrxgjeqddzrnmvraeqxlcadluis3bbjwbkwvd0yl5hm_gyOlsJ6sQl_ceveit1mgggi00t0nw4ahlwnmzoivj4rdd2egleek68n4oxuhnomv3tjf3mn.jpg)
काठमाडौँ, १८ असारः शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको हो ।
१७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाउनुभएको छ ।
शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताउनुभयो । “आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररुपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ”, उहाँले भन्नुभयो,“शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।”
राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उहाँले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहनुभएको छ ।
राई शिक्षण पेसामा रहेका बेला उहाँको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिनुभयो । धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिनुभयो। “पहिले मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यवसायिक रुप दिएको हुँ । नजिकै जङ्गल भएकाले धेरै सहज भएको छ । यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु”, उहाँले राससँग भन्नुभयो ।
राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाउनुभयो । शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन । राई भन्नुहुन्छ,“परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनैबेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।”
![उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/151545_dUBwpwK4KX_sOiiTuBci9_mbdpg2ligsxeqyfd6extdrlb19zsbtwiuzjt3877fm1onae9cvsdtlc3ob2k_Ld2NMNiBx2_sjlgyl5awkybxohkuv0jnskmz0puc4gqdqbrhk3gfbpcettc9at6jowtwbff.jpg)
उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
![प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-thapa_2CL0J408bo_u7aw5y8naltgnwtppshystn8fhajevdhabqgztjmxqhnuhp9ndbxbjrnrame_VnI1nB4DU4_fqhrlt5e5tevj2udtbxcxuubsx9q3yq4i1yddgzdoazmvra9qbr9engpwe8s.jpg)
प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव
![सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/sabhamukh_qU10xJC6px_iknqfuclyfrlsvnyhjsao1nw9laxavr99srlqg4xz1z7gj4yhq7lkeyub9go_SyI6ZfTvhr_hnzpz5i2kdzihjlc9u0va9wqc3axvo1quz1izz2irobllahx9emyixqyndna.png)
सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन
![५१ लाख डलर फिरौती माग्दै आमाकै अगाडि बच्चा अपहरण](https://snowberry.prixacdn.net/media/gallery_folder/apharan4_PkUNPwrnPm_tpc6ptskamltdzc5gmjam1tieoknhulzdmey9ud58pmucfntuai2jjpfvv0j_f8vys2Oghh_mot8ugaeusmchffctdx1gbka9jbba0lx95nywc2hw2twcpg6677uapkhrbof.jpg)
५१ लाख डलर फिरौती माग्दै आमाकै अगाडि बच्चा अपहरण
![खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro_vXZ3w3k8Yn_tx70wtn8cryqcd0jjdmb2bhddl3j3oyjbys9spfnlwwpppcgrlqvbf0lmhtc_hAl7Oi1QVF_hbm729qnbp9bg63pggcnqt5nyhlsuvpmeb7igmsdy2zwj8oyygfsfrs0pqhs.jpg)
खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा
![जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी](https://snowberry.prixacdn.net/media/gallery_folder/jangali-chau2024-06-25-09-29-09_V819kWU52O_w0gcpzvenf65ob6uk3vhgkyu57fawugk9uzojigsjtaimohpaae3zx3e9adb_GzdMMR92mw_tiu0t3me7riugntrf5ntdjzqdacnsho0owejbvdr1oxlpyqciypqm1pq8a1i.jpeg)
जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी
![कीर्तिपुरको मन्दिरबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_pdxZA9Krsv_dvg73q2v8zgpgo1uovy1uazueuwykdn6taufzfomxvbmriycblkl1lmmfto7_jc4x0MpHVm_ve6v6r4mj5cakwhss82qu2de6xkx39apxwq44cixn0ozxbm6gmv1vwfn1gqd.jpg)
कीर्तिपुरको मन्दिरबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ
![गुणराजः मुवा थाईको विश्वविजेताको कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-04%2520121708_jIyM6AF5CM_kjlbeiney0sdsn0bhvipdu8qqizwzdsuo2bkkyichcms1gxqidfovpivyjyq_Ul5TKfgsDN_zvxdec7scontff348nzwawahxjqgmk90ncq8rfwurcsq2m4af9cgr6tuvb3n.png)
प्रतिक्रिया