रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1719894969-gF2tT_bu6N7Zn79J_vb1ty0mbkynygfrpcyqfs2ltmp54bfvzudyfn4qixaokxolod75sdnjv0e2r_0rjyK7XD7y_9phrj2eo9ncuosvcaa3qotjwvmlvoqybsab1zjfoaq11h7pqvwihoqp8if2q.jpg)
काठमाडौँ, १८ असारः नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । बाजुरा सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र यसपछि करिब चार दिन पैदल हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटबाट गाडीमा चार घण्टा र एक दिन पैदल हिँडेर यो स्थानमा पुग्न सकिने स्थानीयको भनाइ छ ।
सैपाल हिमाल क्षेत्रमा रहेको सो भन्दा करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइमा पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । नेपाल टेलिकम प्राविधिक सहायक रामबहादुर खातीले रानीसैन क्षेत्रका करिब छ सय बासिन्दाले सहज तरिकाले टेलिफोन सेवा पाउने राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार हुम्लाका स्थानीय सोनाम लामाले भिस्याटमार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा सुरु भएको थियो । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरन क्षेत्र हो । यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने प्राविधिक सहायक खातीले बताउनुभयो ।
भिस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानाबाट करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्याइएको थियो । दुर्गम तथा अतिविकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । चालु आवमा दार्चुलाको तिंकर, रसुवाको गोसाइँकुण्ड, सङ्खुवासभाको किमाथाङ्कालगायत स्थानमा भिस्याटमार्फत सेवा सञ्चालन गरिएको छ ।
![उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/151545_dUBwpwK4KX_sOiiTuBci9_mbdpg2ligsxeqyfd6extdrlb19zsbtwiuzjt3877fm1onae9cvsdtlc3ob2k_Ld2NMNiBx2_sjlgyl5awkybxohkuv0jnskmz0puc4gqdqbrhk3gfbpcettc9at6jowtwbff.jpg)
उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
![प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/gagan-thapa_2CL0J408bo_u7aw5y8naltgnwtppshystn8fhajevdhabqgztjmxqhnuhp9ndbxbjrnrame_1LXFC74K7w_u2b6uhgc2svergafqu3cgzn7p8aendfm3zvee58ixrqjz5gmbc6emtykgg8j.jpg)
प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव
![सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/sabhamukh_qU10xJC6px_iknqfuclyfrlsvnyhjsao1nw9laxavr99srlqg4xz1z7gj4yhq7lkeyub9go_SyI6ZfTvhr_hnzpz5i2kdzihjlc9u0va9wqc3axvo1quz1izz2irobllahx9emyixqyndna.png)
सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन
![५१ लाख डलर फिरौती माग्दै आमाकै अगाडि बच्चा अपहरण](https://snowberry.prixacdn.net/media/gallery_folder/apharan4_PkUNPwrnPm_tpc6ptskamltdzc5gmjam1tieoknhulzdmey9ud58pmucfntuai2jjpfvv0j_zhobrgP8pI_izwduoeqewgxiazq7k8d6jt7jf2a1baffbpsgez411uefkim9vx8sgfhbvdf.jpg)
५१ लाख डलर फिरौती माग्दै आमाकै अगाडि बच्चा अपहरण
![खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro_vXZ3w3k8Yn_tx70wtn8cryqcd0jjdmb2bhddl3j3oyjbys9spfnlwwpppcgrlqvbf0lmhtc_VPJCOeRR92_kkh3v8s7414tqtfruclrqepbhtrskmzcophkvldlfqjmr4kqurz8imolkktm.jpg)
खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा
![जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी](https://snowberry.prixacdn.net/media/gallery_folder/jangali-chau2024-06-25-09-29-09_V819kWU52O_w0gcpzvenf65ob6uk3vhgkyu57fawugk9uzojigsjtaimohpaae3zx3e9adb_GzdMMR92mw_tiu0t3me7riugntrf5ntdjzqdacnsho0owejbvdr1oxlpyqciypqm1pq8a1i.jpeg)
जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी
![कीर्तिपुरको मन्दिरबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-29-19-438_pdxZA9Krsv_dvg73q2v8zgpgo1uovy1uazueuwykdn6taufzfomxvbmriycblkl1lmmfto7_jc4x0MpHVm_ve6v6r4mj5cakwhss82qu2de6xkx39apxwq44cixn0ozxbm6gmv1vwfn1gqd.jpg)
कीर्तिपुरको मन्दिरबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ
![गुणराजः मुवा थाईको विश्वविजेताको कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-04%2520121708_jIyM6AF5CM_kjlbeiney0sdsn0bhvipdu8qqizwzdsuo2bkkyichcms1gxqidfovpivyjyq_Ul5TKfgsDN_zvxdec7scontff348nzwawahxjqgmk90ncq8rfwurcsq2m4af9cgr6tuvb3n.png)
प्रतिक्रिया