राष्ट्रपति पौडललाई भेट्न प्रचण्ड राष्ट्रपति भवन शीतल निवास जाने

राष्ट्रपति रामचन्द्र पौडललाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास  जाने भएका छन् । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जान लागेको एक नेताले बताए । 

‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सहमतिको सरकार लगायत विषयमा राष्ट्रपतिलाई  जानकारी  दिन प्रधानमन्त्री जाँदै हुनुहुन्छ’, ती नेताले भने । 

पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिने र संसदबाट विश्वासको मतको सामना गर्ने बताएका थिए ।