माओवादी केन्द्रले सरकार नछाड्ने,राष्ट्रिय सहमतिको सरकार असम्भव

नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नछाड्ने विश्वासको मत लिने निर्णय गरेका हुन् । 

मंगलबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सरकार नछाड्ने निर्णय गरेको हो । यदि एमालेले विश्वासको मत फिर्ता लिए त्यसको सामना गर्ने निर्णय पनि माओवादीले गरेको छ । एमालेले विश्वासको मत फिर्ता लियो भने विश्वासको मत लिने समय एक महिना बाँकी रहने पनि माओवादीले जनाएको छ । 

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि बाहिर आएको कुराबारे अझै स्पष्ट भइनसकेको र यदि कसैले विश्वासको मत फिर्ता लिए संसदबाट विश्वासको मत लिने निर्णय भएको बताए ।