सत्ता परिवर्तनको सहमतिकाे प्रभाव सेयरबजारमा,कारोबार खुलेको १ मिनेटमै नेप्सेमा ८२ अंककाे वृद्धि

सत्ता परिवर्तनको सहमतिकाे प्रभाव सेयरबजारमा देखिएको छ । सोमबार राति नेकपा एमाले र नेपाली कांग्रेसको सयुक्त सरकार बन्ने सहमतिको प्रभाव नेप्सेमा देखिएको हो ।

प्रिओपन सेसनमा ३२ अंकको उछाल आएको नेप्सेमा ११ बजेर २ मिनेट जाँदा ८२.४८ अंकले बढेर सर्किट लागेको छ । मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेर २१३५.८७ अंकमा पुगेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।

कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने अपेक्षामा लगानीकर्ताहरु उत्साहित बनेका छन् ।