सरकार परिवर्तन हुने भएसँगै शेयर बजारमा एकाएक हरियाली

 सरकार परिवर्तन हुने भएसँगै शेयर बजारमा एकाएक हरियाली छाएको छ ।

प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालले मिलेर सरकार बनाउने सहमति भएसँगै शेयर बजारमा उछाल आएको हो । अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेपछि मङ्गलबार शेयर बजार प्रि–सेसनमै बढेको थियो ।

मङ्गलवार बजार खुलेको केही समयमै नेप्से सूचक ४ प्रतिशतले बढेर सक्रिट ब्रेक भएको हो ।

लगानीकर्ताले सरकार परिवर्तनको हल्लासँगै शेयर बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । आज दिनभर नै बजार बढ्ने अनुमान गरिएको छ ।