रास्वपा एमाले–कांग्रेसबीचकाे नयाँ गठबन्धनमा सहभागी नहुने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले एमाले–कांग्रेसबीच बन्ने नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको बताउँदै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भएकाले एमाले–कांग्रेसबीचको गठबन्धमा सहभागी हुने बताए ।

‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, उनले भने ।