प्रचण्डलाई व्यङग्य गर्दै बाबुराम भने- सबैलाई सधैँभरी ठग्न सकिन्न

 पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले सबैलाई सधैँभरी ठग्न नसकिने टिप्पणी गरेका हुन् ।

सत्ता फेरिएको कुरामा प्रचण्डलाई घुमाउरो प्रहार गर्दै भट्टराईले भनेका छन, ‘चर्चित भनाइ छ- केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’