कोपा अमेरिका २०२४ : उरुग्वे र पानामाले क्वाटरफाइनलमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520105930_OShDy1GxBU_xcvz21o3eq8m17rkzprsj7l4q2r52hirp5ukvrbd5hononlolhsbkmzhtje0_tx1L6TlhO6_bt2rj6p2zxhc3vkumrf6rvu24soznbmnhzkgsdvykzork3ziqsbqtnfia3qm.png)
कोपा अमेरिका फुटबलमा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
उरुग्वेका स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको थियो । अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो हाफमा गरेको हो ।
६६औँ मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।
उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ । यही समूह सीबाट पानामाले अन्तिम ८ को टिकट पक्का गरेको छ । पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पानामले २२औँ मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो । ६९औँ मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरको थियो । तर, ७९औँ मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा अन्ततः ३–१ को जित पक्का गर्न सफल भयो । जितसँगै पानामा ६ अंक बनाएर दोस्रो स्थानमा रहेर अन्तिम ८ मा पुग्न सफल भएको हो ।
![मेसी र स्वरेज बिना अमेरिकन मेजर लिगमा इन्टर मियामी विजयी](https://snowberry.prixacdn.net/media/gallery_folder/USATSI_23651607_Hpk5ytTAFu_esfbbfrj4p3il2vmeffu9qsqig262wuvl7fxp9r2wp4gqmti8cfgjt6zxqmt_Urz85XRSM7_ntfjikry0clp0csf8m12fmsrvhcppnmmzquix1he7kjeukgedndrdlo5so1l.jpg)
मेसी र स्वरेज बिना अमेरिकन मेजर लिगमा इन्टर मियामी विजयी
![कोपा अमेरिका २०२४ : ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/brazil-2_CUQJ9AUrsz_8buh8u3ahfibgepxsxztx3hwnxc32tokmmu6hquqddhyffspnegtmr5htngb_lptnFNFjok_ss8kx36ekcxbcfmsfwugh2ujvqpdof2ypqwaitoa2y5hsnbgzglot4pmgu41.jpg)
कोपा अमेरिका २०२४ : ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा
![युरोकप २०२४ : नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/r1260969_1296x729_16-9_cFc1yogJn1_iahpk7kix5skfkh85uon621ifdwbbdad1yvue0r3s9hnuwino6dbyw2nac2j_qJzFDKgWNn_fqtjsomdghje67kteoluw8svipkgj78o3umyqaqy1br2d8bh55q8og1frvcp.jpg)
युरोकप २०२४ : नेदरल्यान्ड्स र टर्की क्वार्टरफाइनलमा प्रवेश
![कोपाअमेरिका २०२४ : क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्न ब्राजिल र कोस्टा रिकाबिच प्रतिस्पर्धा](https://snowberry.prixacdn.net/media/gallery_folder/image_24N8XkE9kX_jh9d7wdc9xbatkmm8vkqcaxq0bnnee3jpgwn8fpogtw8wdtltjuxvx7nflg9_XFWtkK2G5m_dvieon2okfggp4nh2ms8il6p14s1sxrqdti8jvjvwiqzmwsfuv507goodaim.webp)
कोपाअमेरिका २०२४ : क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्न ब्राजिल र कोस्टा रिक…
![युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/2160111107.0_3quoN4QmDN_toff6nqmpnafrr272p7t8beb4oocpcd372k1xf89wgabkxofbdyxre08dqfm_qCrYNWi4l3_qlszjrnepjcpl3h6gd4ppsvygebaz8dtkmhzfuibwvohaeqo8q09usvesvzc.jpg)
युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश
![टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करामले खुलेर बोले](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-01_22-40-59-507_w1Q7akzTLQ_bhmlbtkz0esdz7n95t3zcy6h2uttdpi3tgz95tuxhktcvwkoqgxc7tjfdpgi_w0MlivtgTY_0orydhu96hmacidafsutl8fgcgf4zveqkudeov5h9a0xlkuu6k7uiizain0b.jpg)
टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करा…
![युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Ronaldo-12f392fe22d601600f1bca782dda7923_7Zfmtl2ezW_f7mkkqsepzbxilnumh9ilp8atcmacttb0vltdkczz7kevejbw7pdmv5suzqm_CP2UQ07N5m_wf6ffmr1c5crahhcycoi1k5wll1a4wyf5ibscikms2o2do7sqddeoiif18e7.jpg)
युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
![कोपा अमेरिका २०२४ : भेनेजुएला अन्तिम ८ मा](https://snowberry.prixacdn.net/media/gallery_folder/Venezuela_OYrwjxHem5_6mx1joznm4klddtrwbbzidakvucgu5rflxfpo6pjbgteignkz13pivydxz7q_XQDr5nuKgQ_f7vuaa3u1mmmns1mqhokw9xri9jxnapgedjktzwbvrgen36ffevkgthmbx8c.webp)
प्रतिक्रिया