दुईतिहाइको प्रधानमन्त्री बन्दैछु, तपाईं पनि राजीनामा दिएर आउनुहोस् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। 

सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार पुगेर जानकारी गराउँदै ओलीले यस्तो बताएका हुन्। ‘म दुई तिहाइ सरकारको प्रधानमन्त्री बन्दैछु,’ ओलीले प्रचण्डलाई भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘अब बन्ने सरकार राष्ट्रय सहमतिको सरकार हुनेछ।’

साथै, ओलीले माओवादी केन्द्रलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका छन्। ‘माओवादी पनि यो राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुनेगरी आउनुहोस्,’ स्रोतले भन्यो। 

सोमबार कांग्रेससँग सहकार्यको समझदारी बनाएका ओली मंगलबार बिहानै ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटारमा उनले पछिल्लो समझदारी र अब बन्ने सरकारको बारेमा प्रचण्डलाई जानकारी गराएका थिए।