देशभर वर्षा, ४ प्रदेशमा मुसलधारे ,सतर्क रहन माैसम बिभागकाे आग्रह

हाल देशभर फैलिएको मनसुनी वायुका कारण आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागल

आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र सुदूरपश्‍चिमका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र सुदूरपश्‍चिमका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।