युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

युरो कप २०२४ अन्तर्गत सोमबार रातिको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको छ । जितसँगै पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

कडा प्रतिस्पर्धाबीचको खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि सोही आत्मघाती गोल निर्णयक बन्यो । यसअघि कप्तान किलियान एम्बाप्पेसहित फ्रान्सले थुप्रै अवसर गुमाएको थियो । फ्रान्सको गोलअघि बेल्जियमका केभिन डी ब्रुयनाको प्रहार फ्रान्सका गोलकिपरले बचाएका थिए । सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो । 

अब फ्रान्सले पोर्चुगल र स्लोभेनियाबिचको विजेतासँग अन्तिम ८ मा भिड्नेछ ।