मोरङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

उर्लाबारीमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका– ६ गोपाल चोककी सीता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।उनका अनुसार सीताका छोरा प्रशान्त गम्भीर घाइते भएका छन् । ८ वर्षका प्रशान्तको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । प्रदेश ०३ –००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि नाराबाजी गरेका छन् ।