घुस लिएको आरोपमा ताप्लेजुङबाट इन्जिनियर पक्राउ

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले ताप्लेजुङबाट एक जना   इन्जिनियरलाई पक्राउ गरेको छ। 

अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसेनलाई नियन्त्रणमा लिएको हो।उनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारकाे दाबी छ। 

घुसबापतको रकम लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नं ४ न्युरोड ट्याक्सी स्ट्यान्ड बाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।