सरकारसमक्ष कोरोनाकालका 'होल्डिङ सेन्टर' व्यवस्थापनसम्बन्धी प्रतिवेदन पेस
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240701-WA0000_FPrbcXB6Av_mzwzugetw4pyjoaoxkslqoheicyx4u53hgzgw78lf6phdylbm8pkatcpack5_pAEtNq6wBX_eje62hzikwbj8ccaowmto9zpyjohhaulpweoooygedgykytryk9sgoq2elkz.jpg)
काठमाडौँ, १७ असार : रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई देशका विभिन्न सात स्थानमा निर्माण भई प्रयोगविहीन रहेका होल्डिङ सेन्टर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन बुझाइएको छ ।
प्रतिवेदनमा होल्डिङ सेन्टरमा सामुदायिक अस्पताल, सीप तथा तालिम, कृषिउपज बिक्री केन्द्र, निजी सहकारीलाई भाडामा उपलब्ध गराउन, विपद् उद्धार तथा आकस्मिक कार्यका लागि उपयोग गर्न सकिने सुझाव दिइएको छ ।
प्रतिवेदनमा लागुऔषध दुव्र्यसनी उपचार तथा पुनःस्थापना, प्रादेशिक अस्पताल, सुरक्षा निकायको प्रयोजन, साना र मध्यमखाले उद्योग सञ्चालन गर्नेलगायत कार्यमा समेत उपयोग गर्न सकिने समितिको सुझाव छ ।
रक्षमन्त्री उप्रेतीले प्रतिवेदनमा समेटिएका महत्वपूर्ण सुझाव कार्यान्वयनका लागि सरोकार भएका र सार्वजनिक निकायसँग आवश्यक समन्वय तथा छलफल गरी अघि बढ्ने बताउनुभयो । उहाँले होल्डिङ सेन्टरको दिगो र भरपर्दो उपयोग, व्यवस्थापन तथा सञ्चालनका लागि विश्लेषणपूर्वक सुझावसहित प्रतिवेदन पेस गरेकामा समितिलाई धन्यवाद ज्ञापन गर्नुभएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले बताउनुभयो ।
कोरोना महामारीले नेपालमासमेत ठूलो जनधन क्षति पुगेको हुँदा बाह्य मुलुकबाट देशभित्र प्रवेश गर्ने कोरोना सङ्क्रमितको व्यवस्थापन गर्न सरकारले नेपाली सेनाको व्यवस्थापनमा ती सेन्टर निर्माण गरेको थियो । त्यसबेला झापाको–तोपगाछी, मोरङ–याङसिला, पर्सा–श्रीपुर, कपिलवस्तु–कृष्णनगर, बाँके–नेपालगञ्ज, कैलाली–तेघरी र कञ्चनपुरको–भगतपुरमा होल्डिङ सेन्टर निर्माण गरिएका थिए । ती सेन्टरको हस्तान्तरण, व्यवस्थापन एवं बहुउपयोग, सञ्चालन र व्यवस्थापनका तरिका तथा अन्तर–तह समन्वयलगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरिएको थियो ।
रक्षा मन्त्रालय, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि हुनुहुन्थ्यो । समितिले होल्डिङ सेन्टरको भौतिक अवस्था अनुगमन, सम्बन्धित प्रदेश एवं स्थानीय तह, सम्बन्धित निकायका पदाधिकारीसँग छलफल तथा परामर्श गरी रायसुझाव लिएको थियो ।
समितिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रदेश तथा स्थानीय तहका पदाधिकारीको रायसुझाव सङ्कलनलगायत केही स्थानीय तहको सोसम्बन्धी प्रतिवेदनको अध्ययन÷विश्लेषणसमेत गरेको थियो । निर्माण भएका होल्डिङ सेन्टरका संरचना जुनसुकै प्रयोजनका लागि प्रयोग गरिए पनि जग्गा तथा संरचनाको स्वामित्व सङ्घीय सरकारमै रहनुपर्ने सुझाव प्राप्त भएको रक्षा मन्त्रालयले जनाएको छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तत्तत् प्रदेश र स्थानीय तहका प्रतिनिधिसमेत सदस्य रहेको होल्डिङ सेन्टर व्यवस्थापन तथा समन्वय समिति गठनगरी कार्यशर्त तोकी परिचालन गर्ने, होल्डिङ सेन्टरको दिगो सञ्चालनका लागि कोष व्यवस्था गर्नसमेत सुझाव दिइएको छ । कोष सञ्चालनको मोडालिटीलगायत विषय समावेश गरी गृह मन्त्रालयले कार्यविधि तयार गर्ने, हाल नेपाली सेनाले रेखदेख गरिरहेका संरचनाको मर्मतसम्भारलगायत दीर्घकालीन सञ्चालन तथा व्यवस्थापनको काम समितिले गर्नपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ ।
![रविले प्रहरीको सरुवामा आईजीपीलाई डमी बनाएकाे महामन्त्री मुकुलकाे आरोप](https://snowberry.prixacdn.net/media/gallery_folder/1719535646_Mukuldhakal-1200x560_JE6aOsYViJ_ideioxmf9un6ol6fylzx7a8z7sfdx1stbcdvdkgeuhlwlyu9nd71a4bummci_249MJfuVqh_hlob2gndffvyknkbymot6xg2oawajzjvonse99tefs65r8kf4z5bqieojmrd.jpg)
रविले प्रहरीको सरुवामा आईजीपीलाई डमी बनाएकाे महामन्त्री मुकुलकाे आरोप
![नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए](https://snowberry.prixacdn.net/media/gallery_folder/Uml-mminister_OaNyAXzOQ8_9YYzdLH41d_v0mjwg4y51md21nxwow83tl8hauf1hkgmtahjpsraxhdynnso3vxfns1xv7g_CgUSyA34XT_w9pokzdtqyuaadvst9lscrmezkllfqxsrnd3buhvtjlxryvnbmgigacijngh.jpg)
नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए
![प्रधानमन्त्री दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/parchanda-e1673338520641_dGSNRCBYLO_yecdiny9sz1iamddlnpskhule2mfxx1mhdiisyvykpneflychjp2azwyvtnv_24gvZKDBGR_ychuqvfpmybfqkdcwcthg9obu5anmpntvgtgpabvod8qk5aw4ebplz99irja.jpg)
प्रधानमन्त्री दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggggggggg_58GjPPWwbz_kee8cj1vxe1mj47fdqxilgxpuloiq4xh0jfwbybn2hzzqedinimos1dhn18q_nLTdI2hgEI_awhtrzqcv9listffxy3yej00iranktexnfkmgfbaoq283f6wpfkvoyevmmse.png)
वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
![मलाई बैठकमा ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal-4-scaled_vxQzp9Lp4I_lKivag2sYP_lx2wh3zqczjl4ijgf4uiero8mokfk8jbkdxt6ronofgvpqj4b8454k0squa4_ozDz7uZcTX_x7ecqt4j6cl7h3qjz6zmlqfbcm0wldn7fhascj7gwmnuphifeukio2ituton.jpg)
मलाई बैठकमा ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल
![‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/Krishnasar_lqDAeivfvL_bxjoe8v0rfwmlbg93m4ellgk7dz04if5xpjrglir2oblta1tbo4txr76skl0_gsM7slVTWn_7iin2sfwzp5qzyotuqgz3zwwxsgsuptyzdvkvnuf06vw0sfeibnprv8ghjvv.jpg)
‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’
![पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जना प…
![सहकर्मी महिला वकिल बलात्कार मुद्दामा धरौटी माग](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_19-44-34-433_CSQQIKbvmr_9y4vuscmqgrcci22gdrrr1wl9fatn6zwoyasi2ia9mtufbp5qilzffmr9uzy_TkdDYbx7Fl_yiynfiqeomjpgzonb3ao8wzmmyrqinxffnvz6xdjo3y7c1dc5jk8rqispqbb.jpg)
प्रतिक्रिया