मोलुङको गौरीडाँडामा पहिराले पाँच परिवार विस्थापित, २३ जोखिममा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro-1_NlE9Izgzm8_pigmipxmjdcccfcukponvs27mwkwvyoz1deyphxs5gtralpgb7dssgi15qwh_4x3TWxkNzE_i0750eb8p7spqz5asjnq873a5sdsgne0nbrtjjbvyxofddhltdnhu0bwqnxg.jpg)
काठमाडौँ, १७ असार : ओखलढुङ्गामा पहिराले पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण आज बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन् ।
पहिराका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन् । जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
पहिराका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन् । पहिराले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भँैसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिराको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ ।
पहिराले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युत्मा पनि क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यहाँ यसवर्ष पहिराले घर पुरिँदा एक जनाको
![वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggggggggg_58GjPPWwbz_kee8cj1vxe1mj47fdqxilgxpuloiq4xh0jfwbybn2hzzqedinimos1dhn18q_2qAM1mL4si_zs4oks3cwsddxl38vjphfybgej3ltbtgydhtlhlxlj9f0gjkhmoy2gpb759c.png)
वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
![मलाई बैठकमा ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal-4-scaled_vxQzp9Lp4I_lKivag2sYP_lx2wh3zqczjl4ijgf4uiero8mokfk8jbkdxt6ronofgvpqj4b8454k0squa4_hpIFuYrojI_9xcjqngvui497inyiyg2hswe81yld20mpsnbv6zrcxvvgrli04krv1ly9qdg.jpg)
मलाई बैठकमा ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल
![‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/Krishnasar_lqDAeivfvL_bxjoe8v0rfwmlbg93m4ellgk7dz04if5xpjrglir2oblta1tbo4txr76skl0_uGzAy1lyLD_kfj0exazjfbxji6m7aimqk0ulgvq6m2a5d0hb9ikrgwqlxc4ogbymkzn8awe.jpg)
‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’
![पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जना प…
![सहकर्मी महिला वकिल बलात्कार मुद्दामा धरौटी माग](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_19-44-34-433_CSQQIKbvmr_9y4vuscmqgrcci22gdrrr1wl9fatn6zwoyasi2ia9mtufbp5qilzffmr9uzy_sPadXEd4j8_jolcvw4quyqtrglgrodlvqu3rwwo8iuerydypen16zxbo5oxlxzib2612xqa.jpg)
सहकर्मी महिला वकिल बलात्कार मुद्दामा धरौटी माग
![नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन](https://snowberry.prixacdn.net/media/gallery_folder/monmohan_8wJGw80UQ4_XO44f15SmM_1j4pqvgiktzafwmzwlekmt0ditjuprmextnqo2hggwfdgyctzbjfcbnq5flg_KJFWdMkOOf_2ndspxn4d2d49hcdhwtfi7hzopzsurgiadv77npikggkrvnvdwrqb0mwplsn.webp)
नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन
![कानुन मन्त्रीले न्याय परिषद् बैठकको निर्णयमा हस्ताक्षर गर्न नमान्दा ३५ जना जिल्ला न्यायाधीशको नियुक्ति रोकियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/padam-ji_knQgDQQB0f_238iuhyu4ydsrq2idqavjaoobigo9w8jldbu0xpi2whr9tzhzv1ozukc9mup_pAb4FOAcD8_efmmpt3v1fl8px3rwytgv1kg53tcjh6uafdh0i7mrcsvbzn7c728rlqzdrkj.jpg)
कानुन मन्त्रीले न्याय परिषद् बैठकको निर्णयमा हस्ताक्षर गर्न नमान्दा ३५ जना जिल्ला …
![कालीकोटमा १३ वर्षीया दृष्टिविहीन किशोरी बलात्कृत](https://snowberry.prixacdn.net/media/gallery_folder/Child-Rape_chnXMDc51v_jtzobtwxsujuisxdgzvrzfl52zrhxugecmi6if83lhlmbooa9wj8b6ntn0gu_unrnxwgLha_t5bly85j6yko9fblv90c0lwihgzvghn8ef9q1dhwn3yiykbmfauts3r7j7ss.jpg)
प्रतिक्रिया