अहिलेको गठबन्धन लामो समय टिक्ने : प्रधानमन्त्री ‘प्रचण्ड’

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन लामो समय टिक्ने ब्रिफिङ्ग गरेका छन् । सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई यस्तो ब्रिफिङ्ग गरेका हुन् ।

उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताए । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिए ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताए । “गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भने, “गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताए ।