बागमती नदीमा एक जना पुरूषको शव फेला

काठमाडौंको थापाथलीस्थित बागमती नदीमा एक जना पुरूषको शव फेला परेको छ। सोमबार साँझ बागमती नदीमा एक जनाको शव बगाएर ल्याएको अवस्थामा भेटिएको हो।

प्रहरीले घटनास्थलबाट शव निकालेर टिचिङ अस्पताल लगेको छ। मृतकको सनाखत भइसकेको छैन।