एकमात्र टेस्टमा दक्षिण अफ्रिकालाई १० विकेटले पराजित गर्दै भारतले रच्यो इतिहास

भारतीय महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकालाई एकमात्र टेस्ट खेलमा १० विकेटले पराजित गरेको छ ।

दुई देशबीचको एकमात्र टेस्ट म्याच चेन्नईको एम चिदम्बरम स्टेडियममा भएको थियो । यस टेस्ट म्याचमा कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् ।

पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६०३ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । पहिलो इनिङ्सको जवाफमा दक्षिण अफ्रिकी टोलीले २६६ रन मात्रै बनाउन सकेको थियो । भारतले दक्षिण अफ्रिकालाई फलोअन खेल्न बोलाएको थियो ।

दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा ३७३ रन बनाएको थियो । यसरी भारतले जितका लागि ३७ रनको लक्ष्य पाएको थियो, जुन टोलीले कुनै विकेट नगुमाई पूरा गर्‍यो। यस खेलमा भारतका लागि शेफाली वर्माले पहिलो इनिङ्समा २०५ रन बनाएकी थिइन् । उनी टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने दोस्रो भारतीय महिला क्रिकेटर बनेकी छिन् ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो इनिङ्समा स्नेह राणाले ७७ रन दिएर आठ विकेट लिएका थिए । स्नेह राणा टेस्ट क्रिकेटमा एक इनिङमा आठ विकेट लिने तेस्रो महिला क्रिकेटर हुन्।