आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट

नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको कसरत चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका छन्। बैठक साँझ ६ बजे अध्यक्ष ओलीले बालकोट बोलाएको उच्च स्रोतले जानकारी दियो।

एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन्। साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएको स्रोतले जानकारी दियो। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो। 

अध्यक्ष ओलीले आज बिहान करिब ३ घण्टा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए।