तीन सय वर्ष पुरानो हनुमान् नाच संरक्षणमा नगरपालिका
![](https://snowberry.prixacdn.net/media/gallery_folder/DAy%25208%2520Narsingh%2520Avatar1636559941_epw4AGYEmo_vqbrueumrr7q2m62wpdght8lqnelvnoses2mjmso9xbtmnmfcgt5kdo7vgzs_HIHhH8snO2_hp8zdrcyfstecf5ktot06ts8cosn5cxze5upcne6zzmbn23k2uglbmi4idur.jpg)
काठमाडौँ, १७ असार : बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।
यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ । बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ ।
बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।
“करिब तीन सय वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाडौँमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिका रुपमा विश्वसामु चिनाउने उदेश्य छ”, नगर उपप्रमुख खड्काले भन्नुभयो, “साबिकको धौलागिरि अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हिँडेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङबजार भित्र्याउने हाम्रो योजना हो ।”
तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।
हनुमान नाँच संरक्षण, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा नगरपालिकाले बजेट विनियोजन गरेकोे उहाँले जानकारी दिनुभयो । उहाँले विश्वलाई उक्त हनुमान नाच चिनाउनका लागि विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक कामको थालनी गरेको खड्काले बताउनुभयो ।
मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको जनाइएको छ । एकै पटक १४ जोडीले नाच्ने भएकाले उक्त नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न उक्त नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख बढी भक्तजन आउने गरेका छन् ।
ती भक्तजनलाई बागलुङमा टिकाउने खालको योजनाअनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नति, पर्यटकीयस्थलमा क्युआरकोड राख्ने लगायतका काम भइरहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘बागलुङ घुम्न जाऔँ’ कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले बागलुङ कालिका मन्दिर, पञ्चकोट, भैरवस्थान, शालग्राम सङ्ग्रहालयलगायत ११ स्थानमा १२ भाषामा अध्ययन गर्न सक्ने गरी ‘क्युआर कोड’ मार्फत जानकारी दिने व्यवस्था गरिसकेको श्रेष्ठको भनाइ छ । नगरपालिकाले जिल्लाको मुख्य प्रवेशद्वारलाई सौन्दर्यीकरण गर्ने, मालढुङ्गादेखि उपल्लाचौरसम्मको भिरमा लहरा फूल लगाउने र पहरामा कलासंस्कृति झल्कने खालको आकृति निर्माण गर्ने योजना बनाएको छ ।
![साताको चौथो दिन : सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/yyy_cShmkUkELU_nn98ytg87tkzapuuvok7e8fk61exhwswyqltj3bffbnbzrgcx0vpnplyfxbp_ys6U5FbVX2_tgp0wsg0azgejhdors9nt8x7rx2rrpwnpglpdb9gxzxrlqvi8igu0kd89ynq.png)
साताको चौथो दिन : सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोडको कारोबार
![‘मैले बिहा गर्ने कि नगर्ने, कुमार नै बस्ने कि,त्याे पनि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ : रास्वप महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal-81-3-19y_zNyjQZbpZ4_o9uvlvob7tloppe10emmwt7eg5u2yaqrerx2nnselyjlpcnxbbbqynixonfq_vburkdoUn8_ifvvbla14dcxxxiqwsfjgiss7qm4uhtlmfuhdhveilcn4fhta9qq1x5sxt9o.jpg)
‘मैले बिहा गर्ने कि नगर्ने, कुमार नै बस्ने कि,त्याे पनि केन्द्रीय समितिले निर्ण…
![पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श](https://snowberry.prixacdn.net/media/gallery_folder/NP_KTM_IMG_2594_ukBbMzN2Tp_mokvz16yuac9dgngabxyy4e3rlmi5bfkayknnt7c1s1k1sf9rrg5ic76cgvp_J0lQeliuMH_qliejouqxli5x7s6ygih0hsbjw9lhu2a4ryagq64rq1i5j5yidblomjip2hf.jpg)
पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श
![राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग](https://snowberry.prixacdn.net/media/gallery_folder/1609234474_g4IX5r2BFM_6qwoz03frxkoc7nbslxka5tayz36kbmtbr6vwx7z4recf12rzj1ttbn66cxz_4dXh5ayJtS_ahpny60iinxof5kgcenpcxwwktyl8qegpygrg7cssiwsuyopmetq6uov9zsx.jpg)
राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग
![भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे](https://snowberry.prixacdn.net/media/gallery_folder/2024-07-02T141905Z_444708348_RC20N8ADUDIN_RTRMADP_3_INDIA-STAMPEDE-1719930469_Uu0o0W4BK2_upgnyqnvrjis9spccdhspvtsstkfbpc0fpwbfzjyvr0lalz8kmoflwjfx8c9_LR7J22iMBs_e5xh1gv0zkh7gojqibkzg4c6pmwhqjyfq1wwaqtizixafnrnucjepxr8clgy.webp)
भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे
![आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AC%25E0%25A4%25BE%25E0%25A4%25A6%25E0%25A4%25B9%25E0%25A4%25BF_claePRk6LF_sojd7ulznlmye6j0fhbibevk4nzlspzdnoqxwnnulbgzw8c7j49yarz2fzja_f7kWktbQ0b_ylli3bfgeq5wdrqfper9vmvdcxrructbdg3rgjxpjdecdocqyw3rbnxnamhi.jpg)
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
![८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_M3joAPpeEw_pbyu4p5lu52d3msbl5z2osragf75mr7qab8aj0obipih4srcu8egdnucdypp_p6WgS2U6D2_36aqyqwxmreuzzsrwgspm5i1cv4cd00ktbp0pcthuixntp7pveer0vk8hqf1.png)
८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने
![सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने सहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/1588731690_QLPFuicfNG_otttwec2cnzr3wfchcse8izefeddhipmjzfaxl45tydgzlerikgdecdja40c_1U1RWY6ZZ2_3trderhosgiotcyqpcudul3hp6u60hqepfzwsvdsdp0eainpblwsqlpjckut.jpg)
प्रतिक्रिया