प्रधानमन्त्रीद्वारा प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्घाटन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240701-WA0018_oUtYwueYa2_q6cuylswou53l5sfjks8ufs4kvzsf5s90nfgxtglc7jb8mpocci2iosrqkty_KFM9ZrCi2D_opofvgzj5pveehjglaqjb0cry8ol7utgepwktqh0aandlace6mdmjhql2aym.jpg)
काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकुद प्रतियोगिताका भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
प्रकाश दाहाल फाउन्डेसन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा सुरु भएको ‘प्रकाश दाहाल स्मृति चाँैथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो ।
प्रकाश दाहाल फाउन्डेसनकी अध्यक्ष विना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र पुरुषलाई सम्मानस्वरुप एक थान मोटरसाइकल प्रदान गरिने बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले दिवङ्गत प्रकाश दाहालले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने बताउनुभयो ।
आजदेखि सुरु भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष गरी दुई सय खेलाडी प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ ।
![पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श](https://snowberry.prixacdn.net/media/gallery_folder/NP_KTM_IMG_2594_ukBbMzN2Tp_mokvz16yuac9dgngabxyy4e3rlmi5bfkayknnt7c1s1k1sf9rrg5ic76cgvp_cLGy7RiRlX_kpsveq38yizhnvuv3izjuqlts1cf6umuf7iffd2eyrqsywdsdboygz4z7u8y.jpg)
पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श
![राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग](https://snowberry.prixacdn.net/media/gallery_folder/1609234474_g4IX5r2BFM_6qwoz03frxkoc7nbslxka5tayz36kbmtbr6vwx7z4recf12rzj1ttbn66cxz_bHchW3vLWz_67hjifhfun12sjuvlhmm5cw4cqg3kr07ycd654j3xvcx1vttbpjnl9jpmzbe.jpg)
राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग
![भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे](https://snowberry.prixacdn.net/media/gallery_folder/2024-07-02T141905Z_444708348_RC20N8ADUDIN_RTRMADP_3_INDIA-STAMPEDE-1719930469_Uu0o0W4BK2_upgnyqnvrjis9spccdhspvtsstkfbpc0fpwbfzjyvr0lalz8kmoflwjfx8c9_O0tGrAtrws_z76ijreauoejgfipgx0eypbvpftfwobx7vk4bvocbsecqta5zg7lefgw8yhg.webp)
भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे
![आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AC%25E0%25A4%25BE%25E0%25A4%25A6%25E0%25A4%25B9%25E0%25A4%25BF_claePRk6LF_sojd7ulznlmye6j0fhbibevk4nzlspzdnoqxwnnulbgzw8c7j49yarz2fzja_dGnH6l0kJ2_s5fl71delpuk9g05uluinlrjahs5bpgqcvthyl5lcmi3cyrtyhgbpu7hbvxb.jpg)
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
![८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_M3joAPpeEw_pbyu4p5lu52d3msbl5z2osragf75mr7qab8aj0obipih4srcu8egdnucdypp_xH9dOZo2uB_b8jewevlj5opsd6flrgmed3wbzecfjlqxast0feg4mtctlxvnjhey8xknvcn.png)
८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने
![सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने सहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/1588731690_QLPFuicfNG_otttwec2cnzr3wfchcse8izefeddhipmjzfaxl45tydgzlerikgdecdja40c_kv0rPRUvYw_19qep1llsnpwrdt0ol7xl7chy8cfsjswksgdcaht160s6ynb3gzvjxp9l9ch.jpg)
सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने…
!['बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ सभापति ज्यू, ?' सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो : महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dgakal-rsp-1719982234_Ua3kseoVpl_insjv57iblhe7p5ry6lwp5ohy2rdbgsjvttlyuffy3zlovfgnsignzorlwof_6kFmInGN5O_rcgnazgv632ij8e6mtcszp2qhws3n4amme4vs2m8pcnfxeplbmuzq8oknvpi.jpg)
'बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ सभापति ज्यू, ?' सबैको कुराको रेकर्ड राखेर…
![नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-sachiwalaya-2_1L19opQOKa_t9ael8yyknf80namzcbtmfwkae8mgv8msnvp5zfgmfapw8ho8iwddc0qusv4_C5PWXm3TkO_mhmrjxcgkroa1gzpznpojtwyguc7eegkxha49jatdqfae8yyxu7luwvizccd.jpg)
प्रतिक्रिया