युक्रेनको नियन्त्रणमा रहेका मण्डनको सन्देश रेडक्रसमार्फत परिवारसम्म , ‘म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन’

 युक्रेनको नियन्त्रणमा रहेका मण्डन देउपुर नगरपालिका–६, काभ्रेका सिद्धार्थ ढकालको सन्देश रेडक्रसमार्फत परिवारसम्म आइपुगेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को पहलमा युक्रेनको नियन्त्रणमा रहेका ढकालको सन्देश सहितको पत्र किभस्थित रेडक्रस सोसाइटीका अधिकारीहरूले नेपाल रेडक्रस सोसाइटीलाई पठाएका हुन् ।

ढकालको पारिवारिक स्रोतबाट प्राप्त पत्रमा आफू ठिक भएको भन्दै चाँडै आउने उल्लेख गरिएको छ । ‘म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन’, उनले भनेका छन्, ‘म चाँडै आउँछु, हुनसक्छ युद्ध रोकिएपछि अथवा अर्को विकल्प नेपाल सरकारको सहयोग भयो भने म अझै चाँडै आउन सक्छु ।’

तेस्रो विकल्प रुसी सरकारले पनि पहल गर्‍यो भने आफू छुट्न सक्ने उनले भनेका छन् । ‘चिन्ता गर्नुस्, सबै कुरा ठिक छ । आशा राख्नुस्, म यथाशिघ्र फर्किन सकुँ,’ पत्रमा भनिएको छ । सिद्धार्थले ९ अप्रिल २०२४ (२७ चैत २०८०) मा यो पत्रमा हस्ताक्षर गरेका छन् ।

 

 

विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नु…

अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी-२० वरियतामा शिर्ष स्थानमा उक्लिए

अल राउण्डर हार्दिक पाण्डेय आइसीसीको टी-२० वरियतामा शिर्ष स्थानमा उक्लिए

कांग्रेसले एमाले अध्यक्ष  ओलीलाई  प्रधानमन्त्री : कहिले आउला देउवाको पालो ?

कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री : कहिले आउला देउवाको पालो ?

साताको चौथो  दिन : सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोडको कारोबार

साताको चौथो दिन : सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोडको कारोबार

‘मैले बिहा गर्ने कि नगर्ने, कुमार नै बस्ने कि,त्याे पनि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ : रास्वप महामन्त्री ढकाल

‘मैले बिहा गर्ने कि नगर्ने, कुमार नै बस्ने कि,त्याे पनि केन्द्रीय समितिले निर्ण…

पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श

पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग

भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४  पुग्याे

भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे