आज पनि दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौँ, १६ असार :सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १६.२९ अंकले बढेर दुई हजार ५३ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।          

नेप्सेमा आज २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६० वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ ।  

आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको १९ करोड १३ लाख बराबरको कारोबार भएको छ ।