सुदूरपश्चिम प्रदेश ः मन्त्रालय विभाजन गरेकामा नेपाली काँग्रेसको आपत्ति
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Sudurpaschim_Pradesh_pQd7zenPGc_y8my1Rz87x_2zhxta5lzmzyyff7q87282k9utsoss8r0clplmegckdbumx1d6u8fxhefkez_8b6iBhos4m_l6tnfcst4bpjggatyatcdeizapdm3eeqedkn10wntmtoydxd2abw3psmn6u2.jpg)
काठमाडौँ, १७ असार : नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलले प्रेस विज्ञप्ति जारी गर्दै सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेर १० मन्त्रालय बनाएकामा आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
“मन्त्रालय फुटाएर थप आर्थिक व्ययभार बढाउने निर्णयको कांगे्रस संसदीय दल घोर निन्दाका साथ आपत्ति प्रकट गर्दछ र तत्काल निर्णय सच्च्याउन प्रदेश सरकारलाई चेतावनी दिन्छ, अन्यथा उत्पन्न परिस्थितिको प्रदेश सरकार आफैँ जिम्मेवार हुनेछ”, संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८१÷८२ को वार्षिक विकास कार्यक्रम पुस्तिका (रातो किताब) जस्तो अति संवेदनशील दस्तावेज अनधिकृत रुपमा सार्वजनिक भएको घटनाको जवाफ नआउँदै प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर गलत गरेको आंग्रेसको आरोप छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार चार मन्त्रालय फुटाएर पाँच विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिनुभएको थियो । यसअघि सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको सङ्ख्या १० पुगेको छ । मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर पाँच विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिनुभएको थियो ।
![८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_M3joAPpeEw_pbyu4p5lu52d3msbl5z2osragf75mr7qab8aj0obipih4srcu8egdnucdypp_jEvFVOB1gZ_ipzrnvnosyhwfklessugnmsutz79mzetz3x77uyiewayjpnzt3ez5muycowb.png)
८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने
![सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने सहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/1588731690_QLPFuicfNG_otttwec2cnzr3wfchcse8izefeddhipmjzfaxl45tydgzlerikgdecdja40c_9VmNLvrtXS_6gwc9wogvr9doprsre3okggomffecbx0vc7rdk7wmq5dolxitvx7hdtmlufv.jpg)
सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने…
!['बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ सभापति ज्यू, ?' सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो : महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dgakal-rsp-1719982234_Ua3kseoVpl_insjv57iblhe7p5ry6lwp5ohy2rdbgsjvttlyuffy3zlovfgnsignzorlwof_SM0chk8rrI_svoktpnn542nzeussyo1i4r7mdpfimtcnlvjv2tksigedwfybt2pg3ngcpdb.jpg)
'बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ सभापति ज्यू, ?' सबैको कुराको रेकर्ड राखेर…
![नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-sachiwalaya-2_1L19opQOKa_t9ael8yyknf80namzcbtmfwkae8mgv8msnvp5zfgmfapw8ho8iwddc0qusv4_jcajeZm8r1_ygkp1n41qehjqyq362gw11tavmbtzdzq0axhvdt3kyglhmrrqixzjrussplj.jpg)
नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी
![प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल](https://snowberry.prixacdn.net/media/gallery_folder/Rastriya-sabha_photo_JEGFP3109k_m85AXYLAyp_555hizm92clttrpyvc9boyqzlxrwaqxmnfl79lsuechwd06leotp0h54rgih_Xa5KC6U16K_iqe1hnrfyvwmajzlu4muolyof24ayspn4ukxqvwzlhyebqxrk8xyiyidwjav.jpg)
प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
![सहकर्मी महिला वकिल बलात्कार मुद्दामा युवा कानुन व्यवसायी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-55-44-647_2hnrq6GqhF_hhyji6jon7ml4nesggdtdyzwbel9y4t96nujw8syave1ege8i8ikg61twak5_pqulD1Urzr_ca34xolzxzujyr8wst5tep7h1sfj3jwnsqhdud4e5jjgntdasxrt1nefxb76.jpg)
सहकर्मी महिला वकिल बलात्कार मुद्दामा युवा कानुन व्यवसायी पक्राउ
![म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/KALO-0_SQXB0lnUJv_nh4yipsgzkymbc9zxyqqjaqyzcg8ofkfg3jkuohozpvvcx7f2febdimf7qu1_UbE21cK6VK_xawx4uwxsoppuila6xpcmeudcmwo9vnljdumoneeffseqeo2ugu72uxiccn6.jpg)
म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै
![यस्तो छ रविको कडा आलोचना गरिएको मुकुलको प्रतिवेदन (पूर्णपाठ)](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal-4-scaled_vxQzp9Lp4I_WMoz5xfkd2_h2sxtfy8e0t4meqvpelqmp5mxqujcwjr8lfaqcqowvfooofbsm96fiv7ynir_cjIgCOAgcA_4l1y3nraxovyyrxberuwmrquqw8bnjz7hcabocrsxiezdglcfbfxpb56z60t.jpg)
प्रतिक्रिया