राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित गर्ने हुँदैनन्: गृहमन्त्री लामिछानेले
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi-lamichhane_sSbr3oQGkw_3iqcwluaucfpslvhcvp2qxijlt6qcoaplmtu2rpg4vtrt5za5klmgknquyvf_O0tk8wH2vP_0mtalo90oyswolo4r9juzed4t4teklkchtwpwob8qlwlk4ftaw9hweogon3h.jpg)
गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरूमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे ।
गृहमन्त्री लामिछानेले सूचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भिडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भिडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताए ।
उनले भने, ‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरूमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरूसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईँले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरू वञ्चित हुनु पर्दैन । कथम् कदाचित कसैको भदौसम्म पनि छुटेको रहेछ भने स्पष्ट पार्न चाहन्छु, राज्यबाट प्राप्त गर्ने सुविधाबाट नागरिकलाई राज्यले कहिलेपनि विमुख पार्दैन ।’
गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्षभन्दा माथिका वृद्धवृद्धा र बालबालिकाहरूका लागि विशेष व्यवस्था गरिने पनि बताए ।
![भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे](https://snowberry.prixacdn.net/media/gallery_folder/2024-07-02T141905Z_444708348_RC20N8ADUDIN_RTRMADP_3_INDIA-STAMPEDE-1719930469_Uu0o0W4BK2_upgnyqnvrjis9spccdhspvtsstkfbpc0fpwbfzjyvr0lalz8kmoflwjfx8c9_64ke3zZVjE_96jhgcgg4t5dtntsvynssf2yyxesy01httu9qab4ohhge6njsjf1aizx9ezu.webp)
भारतको हाथरसमाभागदौडका क्रममा मर्नेको संख्या १३४ पुग्याे
![आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AC%25E0%25A4%25BE%25E0%25A4%25A6%25E0%25A4%25B9%25E0%25A4%25BF_claePRk6LF_sojd7ulznlmye6j0fhbibevk4nzlspzdnoqxwnnulbgzw8c7j49yarz2fzja_yc5zDszjXW_9mow14iqj33oi6xh0cnhenb3mbya27e5a5yo2eqre3yghw1eratdxdvv9q8o.jpg)
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
![८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_M3joAPpeEw_pbyu4p5lu52d3msbl5z2osragf75mr7qab8aj0obipih4srcu8egdnucdypp_pWBFpujnVD_rxn1qhi5ouy0eyvai8e7qg1skuhwqokpcpqtlvgkicoxwtzfdn7qhjed6qph.png)
८० वर्षपछि अन्तरिक्षमा तारा विस्फोट हुन सक्ने , टेलिस्कोप बिना हेर्न सकिने
![सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने सहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/1588731690_QLPFuicfNG_otttwec2cnzr3wfchcse8izefeddhipmjzfaxl45tydgzlerikgdecdja40c_dJ86sw7X66_vebe08vfalpgab1a5osynzcckr1ukg20biu3vn9t1cyfdi4cxmnc68ssm8my.jpg)
सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्ने…
!['बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ सभापति ज्यू, ?' सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो : महामन्त्री ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dgakal-rsp-1719982234_Ua3kseoVpl_insjv57iblhe7p5ry6lwp5ohy2rdbgsjvttlyuffy3zlovfgnsignzorlwof_blwNG0rzV6_3krylzhmg5kpqocxeqsb98aoktx6dwfjzrorwlwyggbjpvrqhecgsywr97me.jpg)
'बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ सभापति ज्यू, ?' सबैको कुराको रेकर्ड राखेर…
![नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-sachiwalaya-2_1L19opQOKa_t9ael8yyknf80namzcbtmfwkae8mgv8msnvp5zfgmfapw8ho8iwddc0qusv4_P1axDu5urf_6bc7y8vsmdkatn209of5ssiob4rbszjglg4bajlmvbn1q92q3osmsag1vixe.jpg)
नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी
![प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल](https://snowberry.prixacdn.net/media/gallery_folder/Rastriya-sabha_photo_JEGFP3109k_m85AXYLAyp_555hizm92clttrpyvc9boyqzlxrwaqxmnfl79lsuechwd06leotp0h54rgih_2M9S7tvYxQ_o41xmfzw2xh2kd4akdbg8bretyl74nicqrvsghnhf6hfufnqxnilb9d1z0vv.jpg)
प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
![सहकर्मी महिला वकिल बलात्कार मुद्दामा युवा कानुन व्यवसायी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-55-44-647_2hnrq6GqhF_hhyji6jon7ml4nesggdtdyzwbel9y4t96nujw8syave1ege8i8ikg61twak5_C2uTvEI4QQ_tt68qefn22fq3duqa4ehh9kdffohg8p5lbeoimspgjcppyvcxcrml2thzmlm.jpg)
प्रतिक्रिया