स्थानीय सरकारले ज्यादती गरेको भन्दै भीमदत्त नगरको गाडी तोडफोड

कञ्चनपुरको भीमदत्त नगरपालिकाको गाडी तोडफोड गरिएको छ ।  स्थानीय सरकारले ज्यादती गरेको भन्दै महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुर व्यवसायीले भीमदत्त नगरको गाडी तोडफोड गरेका हुन्।

आज (सोमबार) भीमदत्त नगरपालिकाले खोकाछाप्रा क्षेत्रमा बनेका संरचना हटाउन बिहान स्काभेटर लगाएको गएको थियो । खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुर व्यवसायीले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाईदिएका थिए। 

खाली गरेका घर हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी र वडा नं ४ का वडाध्यक्ष शुशिल भट्टबिरुद्ध खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेका हुन्।