विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

झापा, कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुव्वाको घरमा जुवातासखेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
 

कास्की, पोखरा महानगरपालिका-८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनकोघरमा जुवातास खेलिरहेको अवस्थामा अमिता समेत १० जनालाई आइतबार दिउँसो प्रहरीलेपक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।