बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

 १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।