आईसीसी टी २० विश्वकप २०२४ को ‘टीम अफ दी टुर्नामेण्ट’ घोषणा,दक्षिण अफ्रिकाका खेलाडी अटाएनन्

केही दिनअघि सम्पन्न आईसीसी टी २० विश्वकप २०२४ को ‘टीम अफ दी टुर्नामेण्ट’ घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता सम्पन भएसँगै उत्कृष्ट टोलीको घोषणा गर्दै ‘प्लेइङ ११’ सार्वजनिक गरेको हो ।

यस टोलीमा भारतीय टोलीलाई विजेता बनाउने रोहित शर्माको कप्तानी रहेको छ । टोलीमा चार देशका खेलाडी रहेका छन् । जसमा उपविजेता बनेको दक्षिण अफ्रिकाबाट कुनै खेलाडी पर्न सकेका छैनन् ।

टोलीमा भारतबाट ६ खेलाडी पर्ने सफल भएका छन् । अफगानिस्तानबाट तीन खेलाडी छन् भने वेष्ट इण्डिजबाट एक र अष्ट्रेलियाबाट एक जना परेका छन् । १२ औँ खेलाडीका रुपमा दक्षिण अफ्रिकाका खेलाडी परेका छन् ।

रोहित शर्मा (कप्तान) – भारत

रहमानउल्लाह गुरबाज (विकेटकिपर) – अफगानिस्तान

निकोलस पूरन – वेस्ट इन्डिज

सूर्यकुमार यादव – भारत

मार्कस स्टोइनिस – अष्ट्रेलिया

हार्दिक पाण्ड्या – भारत

अक्षर पटेल – भारत

राशिद खान – अफगानिस्तान

जसप्रित बुमराह – भारत

अर्शदीप सिंह – भारत

फजलहक फारुकी – अफगानिस्तान

१२ औँ खेलाडीस् एनरिक नोर्टजे – दक्षिण अफ्रिका