वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह
![](https://snowberry.prixacdn.net/media/gallery_folder/16693918241669391824_KYmRx0ZoV4_16nwykrr8svx7k1zivyuyheqvsf478xfwgpc8gkyzqikqvr4giik6ojra5bx_LZZgpD1YtV_8lbtaot94kvzzz1njrkmbvplcpny9bau4zcrgqmxtjhvk0fxudpoebivhwuy.jpg)
काठमाडौँ, १७ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पु¥याउन नहुनेमा जोड दिनुभयो ।
पर्यटनमन्त्री तामाङले भन्नुभयो, “वायुसेवा निगम लामो इतिहास पार गर्दै आज ६७औँ वर्षमा प्रवेश गर्दैछ । यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । अझै यसको अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक छ ।”
वार्षिकोत्सवको अवसरमा आज बिहान प्रभातफेरी गरिएको थियो । निगमको नयाँ सडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी नयाँ सडक, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो । विसं २०१५ असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो ।
निगमले हाल काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका २२ भन्दा बढी गन्तव्यमा निगमले सेवा दिइरहेको छ ।
डगलस डिसी–३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले विसं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो । २०७७ असार २९ सम्ममा निगमको कूल सात विमान सेवामा प्रयोग गरिएको छ । निगमले विसं २०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ–२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो ।
![आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC_Bhairawaha_Land_Mangement1_TCNqCCfV4o_pdibyb2rq0ngexhkzrc6degsgixm17gcrzr7odg1uldjwkg8np7yrzstja6n_NbSDXRP8VS_cc6473chol9mrs427std1v5dfhcg03svupero4qrck1mqfyxtxspbnnplpou.jpg)
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
![दर्ता नगरी मेनवापर सञ्चालन गरी ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
दर्ता नगरी मेनवापर सञ्चालन गरी ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ
![बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित ३ जना सशुकल उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/1719984939_van-1200x560_IDBIGDEuOc_zolsxt4b0rcwbdyslgevoqtpwt99eucoate8w48sdz2fdz4jcmf9hpo08lsd_VcdYYH47Bp_t9c53eifjk9wuidzgiqsxw2ivfjdigiknfkhkbssdfuzglaarz8mg1q8oowr.jpg)
बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित ३ जना सशुकल उद्धार
![पोखरामा एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/chori-pokhara_ccXkc7OUtP_rtgfmqhsasp338rcm7xd4z4c1trhi4qnvsotzrxg4krcsrgiradqcgnxoeok_uyRjXuI9ar_m5vablfckunhf8yjhrlf91tjg2p3phriw6d4aq73kams5cnm39bbpg40elcj.jpg)
पोखरामा एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ
![रास्वपा बैठकस्थलभित्र किन बढाइयो प्रहरी तैनाथी ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa-office-police_bVFXncrSMR_7qjlgx7yand7m9d3ph7qxuio37t0a5temiivgwndkbak8mgcred9zfgvj544_HFCUSJwSX3_qc2c7q9gp8qd9a3pkkce4ndta7iys1r6chntkpsaaen7attamqvdh2rj5x5o.jpg)
रास्वपा बैठकस्थलभित्र किन बढाइयो प्रहरी तैनाथी ?
![सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/kali-768x384_1SpUT4a6xJ_toial14vymbxqrskloj6lb0eastueb1qxygqf91mpgfcqmit5nfkrbqhdsbn_MR03dfvOKF_0a1sxvzpwfhauggh24koydcgmipojur3weguaqxdcam9pew7z11azpinqcwx.gif)
सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध
![हेटौँडामा नमूना सडक बनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/muglin-pokhara-sadak_4Y8zoBTmXS_iluivneh064fnmyjguimza0ireeuswo1n1ldqyzyk47tibqjlmk97cfxcao7_M362M6HaLu_a3lj6rruxgat2koue7nsezmuyfdkvi0qiqq4snpmbeqln76hrie16ixovwfw.jpg)
हेटौँडामा नमूना सडक बनाइँदै
![एआईजी जोशीको अवकाश, पोखरेल २ दिन एआईजी भूमिकामा रहने](https://snowberry.prixacdn.net/media/gallery_folder/aig_6gLzZIOmUo_v1owsrmq3c4qjyjm5thzokw4kyel8jptizohblqf4vsfarzgzqbnfaq4ogdz_llM9MJjWvV_0isirs1ijdi69jp5ryivm3nwobofrukltrwbgt0ytdasxrdxhzjcrrm1qzio.jpg)
प्रतिक्रिया