सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1579155495Pradesh_Sabha_sudurpashchim_MOkinawVDM_jdut53wlv14ybg8vlvbqirrwydr58ovgjbpur1vmuoy3tabsook2banwjs0p_2KAPnd2cJP_s8ipbjoxdjz5gemdwtukdqyvhdtfy4tq36zdj3ebwp8nwuqvzsu79a4shzms.jpg)
.सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिनुभएको हो । उहाँहरु गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सार्की र विक दुबै जना समानुपातिकतर्फका सांसद हुनुहुन्छ । सङ्घीयतापछि सुदूरपश्चिम प्रदेशमा बनेका अन्य सरकारमा दलित समुदायबाट राज्यमन्त्रीसम्म बनाइएको थियो । प्रदेश सरकारको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका त्रिलोचन भट्ट नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मानबहादुर सुनारलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, नेकपा एमालेबाट अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनाइएको थियो ।
हाल दलित समुदायबाट सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक/एक जना प्रदेशसभा सदस्य हुनुहुन्छ । “हाम्रो पार्टीभित्रको आन्तरिक सङ्घर्षले दलित समुदायबाट क्याविनेट मन्त्री बन्नुभएको छ”, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष भानसिंह विश्वकर्माले भन्नुभयो, “विगतका सरकारभन्दा अहिलेको सरकार समावेशी बनेको छ । यसमा हामी खुसी छौँ ।”
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत विकले पार्टीले यसपटक सही मुल्याङ्कलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले एक जना भए पनि क्याबिनेट मन्त्री बनाएको छ । यो सकरात्मक कदम हो ।”
गत वैशाख ६ गते मूख्यमन्त्रीमा नियुक्त हुनुभएका सोडारी नेतृत्वको सरकारमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।
![६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
![रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक](https://snowberry.prixacdn.net/media/gallery_folder/Mukul_22024-07-03-11-46-28_1000x595_50_sVjRnqOAmj_she2ad4ze6hmcz08frceytxbpuwyphuvn7cbh4qc3ik4fudpr0slcisuitgs_t0nKpSIxAa_rxgy9x7wpvykhjwjy1guh5h8x3mglmqa4bv7kiuplkrxrnjticaybxgvepkd.webp)
रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक
![भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/JajarkotBuildingasdas-1699631445_xNhU6X4Sgx_fzacr4xesxwq6gsolgncj8z9xy2bynb8r3oegc9niemo55ral4si2w2kbpi5_I4VTOxcye2_mpua7eubbd98jfdwqjudanpnicali139g8k0tlzpfizrvehyllvs2wwuzklc.jpg)
भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह
![गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न विश्वप्रकाशकाे चुनौती](https://snowberry.prixacdn.net/media/gallery_folder/bishwoprakash%252520final_KtCmKOUAi3_i9vavqrkzp8jotyvey7nbti804t9abwqugrhxiv5byiq8aw2os7x6re9pcoh_iPZNTZf55W_una8e9k9m0nruo42tpktwonataq83a6o5bdosuxfdacasgxrj4c7ueur29tg_SklKdf5U17_ycf4lbe9yl4xtn1wvcfqxmlsbgfw9xsiqqjdwerpcnfjdmqqs8og230xj3mg_6wtA6cNwPF_r7n7yaqrevh7bd43orc9fzqyfylcatsqkuqcbd7xiske9rlbwid6ym67vmk1.jpeg)
गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न विश्वप्रकाशकाे चुनौती
![कांग्रेसले पनि माग्याे प्रचण्डकाे राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/buda_BCqYK6v75w_w0StSkPDCr_JPZWXUbHHU_6dxe8sb8ph0btg0zsf2nlmj8nvqxcjw2hnuukslvffiecr6i8onhqaz41w3w_kGrPJfvCCB_ipuuge4hvawtqypzamxhekvsyt9givg4b9titnolxyzgsfeyccp5jmavgp1f.jpg)
कांग्रेसले पनि माग्याे प्रचण्डकाे राजीनामा
![नेपाली कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने ठाेस निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/buda_BCqYK6v75w_w0StSkPDCr_R0JyyV9pFR_kec1sqpnj1pcios6xyafj6bdnw3ivd8ukh7tvwodqg9lgupnsuaxlykhgjep_4r04fykxI1_si4vvkdfhlupqlsfb9ozqpim3clwh2youlciybksqqkejrhyifidi8cctmcq.jpg)
नेपाली कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने ठाेस निर्णय
![ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका बङ्गलादेशी बलर तस्किन अहमदले मागे माफी](https://snowberry.prixacdn.net/media/gallery_folder/b697995bf26ffc3508fa5a3a2f3c29f3_rYT2cMXxF8_qf9wjd8xps135k7leqlxthaqqlrovvwn42c233hlkqcgmwahjyy7sw2fysuf_cOnMzy4OyC_tpuea83bjlxdhz2cr1hionnpkpllvc9kuxuqba9njr6omrfbsmykxtyhggic.webp)
ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका बङ्गलादेशी बलर तस्किन अहमदले मागे म…
![आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC_Bhairawaha_Land_Mangement1_TCNqCCfV4o_pdibyb2rq0ngexhkzrc6degsgixm17gcrzr7odg1uldjwkg8np7yrzstja6n_TezGbfFYjl_p4vq2rt7laokkzc1etvz0lb5waugvdiapxcwlygg2cmgqlmah97amaz8wgez.jpg)
प्रतिक्रिया