काभ्रेमा शंकास्पद अवस्थामा शव फेला

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–७ चापाखोरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। ६५ वर्षीय टुल्कु लामा सोही स्थानमा रहेको खरबारीमा रहेको अमलाको रुख नजिकै भेटिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार, सुरुमा टुल्कु मादक पदार्थ सेवन गरी घर पुगेर र खाना खाने बेलामा घरमा नरहेपछि उनका छोरा मिलन लामाले अमलाको रुखमा कपडाको डोरिको पासाले लगाएर झुण्डिएको सूचना सुरूमा आएको थियो। 

सो सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा उनको डोरी फुकाइएको थियो। प्रहरीलाई टुल्कुकका छोरा मिलनले बाँच्ने आशामा डोरि फुकाएको बताएका छन्। 

यद्यपि समुदायका अन्य व्यक्तिले घटना शंकास्पद देखिएको भन्दै अर्को निवेदन दिएका छन्। घटना शंकास्पद देखिएपछि प्रहरीले छोरा मिलन र साढुभाई नाता पर्ने रोशी गाउँपालिका–९ का २६ वर्षीय अर्जुन तामाङलाई समेत पक्राउ गरेको छ।

झुण्डिएको अवस्थामा नभई अमलाको फेदमा शव देखिएको, शवको टाउकोको कन्चट, टाउको पछाडी ३ ईन्च ठूलो घाउ र शरिरमा ठूलो घाउ देखिएको स्थानीयले शंकास्पद भएको निवेदनमा उल्लेख गरेका छन्।