बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rainfall-Red-alert-1024x574-1719793950_gWhUj6wcDZ_padequs4ysyqvvbkhhezdt4lmhyftkkqq51wikmwpi5yynqfynvxfgd3pyra_LhthgIUeHY_jnj8ue81mqhnnk9kqdqvzsntwq1akbgrzsmicixrzj16eqw9zilshqvbfypi.jpg)
काठमाडौँ, १७ असार : देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग\सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन् ।
यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन् । मधेश प्रदेश र सुदुरपश्चिममा भने सो अवधिमा उच्च जोखिम छैन ।
![मनसुन सक्रिय हुँदा यि चार प्रदेशका ३४ जिल्लामा ‘रेडजोन’जारि](https://snowberry.prixacdn.net/media/gallery_folder/ttt_nxGOMGJlM2_goziteexev4eqlx97emj7zdrr2oaoinfnpdslr0o7jwgr2rb8g5gl0vvmyhx_rSQ7rXpUE9_8maduvyllhsn7sdljtvtnxmhp544howzxpbo8ribxhltgdvzotuaxlxt9i55.png)
मनसुन सक्रिय हुँदा यि चार प्रदेशका ३४ जिल्लामा ‘रेडजोन’जारि
![पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro2_c2HlsUeydN_YSGAHQRVLv_bvlngkqz15mkuys43uykzhvb8xwrbienhoksffuupkwvq3c0f9djeoe3kiis_pJaUIWpBiP_z7oj6fq20tpclrxhcmpw72fsgfn8k2qiobuvghxqom3or6ov2hpu3jwa3n1n.webp)
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते
![झापामा कमल खोलाले बगाउदा दुई बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi13-1024x571-1_V8aGlixdmc_z7u3fqtgsmmccbxfoktpbhlqkhwiachowzj9gpnn2baxbrlwykzq4vauzeot_7LQhQJScLb_tf0mfpbivk0okeczniwnz0v26zyh1lvgbz8vibtxyptea2uyvt6ddv6l8n8g.webp)
झापामा कमल खोलाले बगाउदा दुई बेपत्ता
![शुक्रबारदेखि आगामी तीन दिन देशभर वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/2322_MlMunuU3fi_jctepsumprys6pn81aspa6yfrbk9aaxbmxzcd0b7fn4cobyvnstcr7p0kcct_VbwkELtFhl_1g6h9fvwyi8mp3euyeji6rlea4y5j3oznagqiteda3k4eijnrycvvyq1bmwh.jpg)
शुक्रबारदेखि आगामी तीन दिन देशभर वर्षाको सम्भावना
![बढ्दो गर्मी कारण पाकिस्तानीमा ६ दिनमै ५ सयभन्दा बढीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/635709121956331740-EPA-PAKISTAN-HEATWAVE_ZEwmyx1CLj_vgxculi1i65ufes7doswyegs83icr8agkazvipkqxaujhym5hl9v8bzh266x_EVXKPkAxHL_sdvgccbazzeb14w8pe8trjsf5ykukxgatrzumzuc27pzzg2zyfczmivm0hgx.webp)
बढ्दो गर्मी कारण पाकिस्तानीमा ६ दिनमै ५ सयभन्दा बढीको मृत्यु
![वायु प्रदूषणले बर्सेनि विश्वमा ८१ लाखको मृत्यु , नेपालमा झन्डै ५० हजार मानिसको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/ktm-polution-1712662448_ywdBvkIrdY_du87ehoszdgubsobiclagxhgmxgju8limzzbtw45vbmbg9oit8et5htfa73v_dB9WOzFW2q_jg3v58regntlghquqdkjex8aaynm3k1ijoepdxdsxuorz1baaqlgeevxyxeh.jpg)
वायु प्रदूषणले बर्सेनि विश्वमा ८१ लाखको मृत्यु , नेपालमा झन्डै ५० हजार मानिस…
![चार प्रदेशमा अति भारी वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/rain_pani_barsha_mausam_weather_n99RLcMiP6_eUyMPkqZCB_stjplcasrxy8bbi9l45enxgc5vumwbohftavzqqp29krabtcv8cushk865ij_3Zz9cGmwiC_47rzc65zr2lttd5jfocwv5lgjl21vwxqkemt0znuagl25kzqjmqooqjbgse6.jpg)
चार प्रदेशमा अति भारी वर्षाको सम्भावना
![राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_eVVVMnb6aB_0j8flnovp5jgmk3j0y59der3wsfjbhol9sbplv5rh9thley6ugbgbwfmk6ob_wdvTyOoS8v_tpo3m3jlu4uz3fyjxwswhohtlhbzkpy5wa3hr1lex0bsnqueoakgj7gkd2xh.jpeg)
प्रतिक्रिया