रञ्जिता श्रेष्ठलाई नाउपाको संसदीय दलको नेताबाट हटाइएयाे

रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेताबाट हटाइएको छ।

आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो।

संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ।

त्यस्तै प्रमुख सचेतक रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतकको पदमा राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ।

दलको नेता चयनसम्बन्धी पत्र सोमबार संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताएका छन्।