सर्वाेच्चमा पांचबर्ष कम उमेरका सबै मुद्दा स्थगित

काठमाण्डौ, १६असार सर्वाेच्च अदालतमा आइतबार पांच बर्ष कम उमेरका सबै मुद्दा स्थगित भएका छन् । 

पांचबर्ष नाघेका अभियानका मुद्दामा सर्वाेच्च अदालतले फैसला अभियान चलाएकाले त्योभन्दा कम उमेरका मुद्दा भने स्थगित भएका हुन । आइतबार अभियानका मुद्दा र रिटमा मात्रै सुनुवाई गरिएको छ ।

आइतबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश नहकुल सुवेदीको इजलासमा मिलापत्र तथा विविधका छोटकरी मुद्दा, तथा परमादेश र रिट निवेदनहरुको सुनुवाई भयो । त्यसबाहेक भने न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा अभियान फांटका पांचबर्ष नाघेका बैंकिङ कसूर र भ्रष्टाचारका मुद्दाको सुनवाई भयो । न्यायाधीशद्धय मनोजकुमार शर्मा र कुमार चुडालको इजलासमा रिट निवेदन तथा अवहेलनाका निवेदनहरुको सुनुवाई भयो । 

चारवटा संयुक्त इजलासमा न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेल, न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र विनोदकुमार शर्मा, न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको इजलासमा भने सबै पांचबर्ष नाघेका अभियान फांटका मुद्दाहरुको सुनुवाई भयो । सोमबार जम्मा ३ सय ८३ वटा मुद्दा पेशीमा चढेकामा ३८ वटाको फैसला भएको छ । एकसय वटा मुद्दा पेशीमै नचढी स्थगित भएका थिए भने धेरेमा प्रक्रियागत आदेश र हेर्न नभ्याइनेमा परेका छन् ।

यो साता सर्वाेच्च अदालतमा आठ बर्ष अघि दर्ता भएका अभियानका मुद्दाहरु अन्तिम सुनुवाईको लागि पेशीमा चढाइएका छन् ।२०७२ सालदेखि २०७५ सालसम्ममा दर्ता भएका अभियान शाखाका मुद्दाहरुलाई यो साता फैसलाको अभियान अन्तर्गत राखिएको छ ।

सर्वाेच्च अदालतले पुराना मुद्दालाई प्राथमिकता दिनेगरी अभियान फांटमार्फत फैसलाको अभियानको रुपमा मुद्दाहरु अगाडि बढाइरहेको छ । न्यायपरिषद्ले धेरै मुद्दामा फैसला गर्ने न्यायाधीशलाई सम्मान गर्ने भएकोले असार महिनामा आइपुग्दा न्यायाधीशमा समेत मुद्दाको फैसलामा होड चल्ने गरेको पाइन्छ ।

सर्वाेच्च अदालतमा हरेक साता पांच सात सय अभियान फांटका मुद्दा चढ्ने गरेको भएतापनि प्रतफिल भने असाध्यै न्यून रहेको, अभियान फांटका मुद्दाहरु अघि बढ्न नसकेको, फच्र्छाैट दर असाध्यौ न्यून रहेको पाइएको छ । 

खासगरी अभियान फांटका मुद्दामा लिखतबदर, जालसाजी, खिचोला, मोहीका विवाद लगायतका मुद्दाहरु एकसंग अर्काे जोल्ठिएर आउने गरेकोले एउटा मुद्दाको फाइल खोल्दै सकभर दिन जाने अवस्था छ । 

धेरैवटा खुल्दा दुईदेखि तीन मुद्दा समेत एउटा इजलासले नभ्याउने अवस्थाले गर्दा तीनवटा अभियानका मुद्दाको लागि इजलास नै चलाएपनि नौदशवटा भन्दा बढी मुद्दाको फैसला हुन सकेको अवस्था छैन, उता त्यस्ता इजलासले गर्दा सामान्य इजलास समेत प्रभावित हुने गरेका छन् ।