जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा चन्द्रागिरि नगरपालिका घर भई हाल ललितपुरको गोदावरी बस्ने ५० वर्षीय कृष्णकुमार दाहाल रहेका छन् ।

परिवर्तित नाम ०८०/०८१ सातदोबाटो (११९) को जाहेरीको आधारमा दाहाललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । फरार रहेका उनलाई शनिबार चापागाउँबाट पक्राउ गर्न प्रहरी सफल भएको हो ।