अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

 वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ५० ग्रामसहित भारत मोतीहारी रामपुर ग्राम पंचायत-६ बस्ने ६० वर्षीय श्याम साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।