पूर्वप्रधानमन्त्री ओलीले नेपाल आइडल सिजन ५ को विजेता करण परियारलाई आज भेटेरै दिए बधाई

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडल सिजन ५ को विजेता करण परियारलाई आज भेटेरै बधाई दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमा करणसँगको फोटो पोस्ट गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधूर गायन सुनेको थिएँ। नेपाल आइडल सिजन -५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ। आज भेट भयो, खुसी लाग्यो।’

ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भेटेरै करणलाई गितार उपहार दिएका थिए ।