वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

राष्ट्रवादमा मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक, सरकारले वेवास्ता गरेपछि सडक बनाउन चन्दा उठाउँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक भनेपछि काठमाडौंको राष्ट्रवाद उर्लिन्छ। नेपाली भूमि भारतले अतिक्रमण गरेको दशकौं भइसक्यो। ०७७ मा मात्र सरकारले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर चुच्चे नक्सा सार्वजनिक गरेको थियो। त्यसअघि संसदले संविधान संशोधन गरेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।

तर, ०७८ मा जनगणना हुँदा यस क्षेत्रको जनसंख्या लिइएन। अतिक्रमण गरेको नेपाली भूभाग नक्सामा समेटिएको भए पनि भारतको कब्जामै छ। यहाँ नेपाली फौज होइन भारतीय सुरक्षा फौज बसिरहेकोछ। यो भन्दा दर्दनाक अवस्था फेरि आइलागेको छ।

कालापानी क्षेत्रमा सडक निर्माणका लागि भन्दा अभियान सुरु गरिएको छ। केन्द्र सरकारले दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि ब्यास गाउँपालिकाले देशभरिका स्थानीय सरकार र प्रदेश सरकारसँग आर्थिक सहयोगका लागि अपिल गरेको हो। नेपालतर्फ ब्याँस क्षेत्र जोड्ने पैदल बाटो समेत छैन। छाङरू र तिंकर जाने स्थानीय बासिन्दा भारतीय प्रशासनको लिखित अनुमति लिएर जाने गरेका छन्  व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले सबैको साझेदारीमा देशभरमै पहिलो र नमूना विकास निर्माण गर्ने अभ्यास गरिएको बताए।

https://barnanmedia.com/news/detail/181073/

देउवा र ओलीको संवाद सुरु, प्रचण्डको जादु अब के होला ?

केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग जादुयी नम्बर रहेको भन्दै पाँचै वर्ष सरकार चलाउने अवसर पनि पाउन सक्ने भन्दै महत्त्वाकांक्षा सार्वजनिक गरेका थिए । उनको त्यो अभिव्यक्ति पहिलो भने थिएन । एमाले र कांग्रेसलाई पालैपालो खेलाउने र उनीहरुबीच टकराव सिर्जना गरी एकअर्कामा भेटै हुन नसक्ने स्थिति पैदा गरेर उनले आफूलाई सत्तामा निरन्तर राख्दै आएका पनि छन् । जम्मा ३२ सिटको माओवादीले सय सिटनजिकका कांग्रेस र एमालेमाथि शासन गरिरहेको यो दृश्य आफैमा हास्यास्पद र जनमतको अपमानसमेत हो ।  

https://barnanmedia.com/news/detail/181092/

 

यो साता सर्वाेच्चमा दशबर्ष अघिका मुद्दा सुनुवाई

यो साता सर्वाेच्च अदालतमा आठ बर्ष अघि दर्ता भएका अभियानका मुद्दाहरु अन्तिम सुनुवाईको लागि पेशीमा चढाइएका छन् ।

२०७२ सालदेखि २०७५ सालसम्ममा दर्ता भएका अभियान शाखाका मुद्दाहरुलाई यो साता फैसलाको अभियान अन्तर्गत राखिएको छ ।आइतबार २०७२ सालमा दर्ता भएको बंैकिङ कसूर, भ्रष्टाचार तथा जालसाजी, किर्ते र अंशका मुद्दाहरु तोकिएका छन् भने सोमबार भ्रष्टाचार, कर्तव्यज्यान र आगो लगाएका मुद्दाहरु पेशीमा तय भएका छन् ।

सोमबार भ्रष्टाचार, बैंकिङ कसूर र लिखत बदर जस्ता मुद्दाहरु पेश भएका छन् भने मंगलबार समेत जबर्जस्ती करणी, करकाप लगायतका मुद्दाहरु पेशीका चढेका छन् ।

https://barnanmedia.com/news/detail/181086/

नुवाकाेटको चाेकदेमा २७ लाखको लगानीमा तेक्वान्दो एकेडेमी भवन निर्माण

नुवाकाेटको चाेकदेमा  २७ लाखको लगानीमा तेक्वान्दो एकेडेमी भवन निर्माण भएको छ। 

 

 भवनको शनिबार नेकपा एमालेकी केन्द्रीय सदस्य बीन्दा ढुङ्गानाले उद्घाटन गरेकी हुन्। चाेकदे सुर्यगढी गाउँपालिका(३)परिसर नजिकै निर्माण भएको तेक्वान्दो एकेडेमी भवन सुबिधा सम्पन्न भएको ढुङ्गानाले दाबी गरिन।

भवन २७ लाख रुयैयाँको लागतमा निर्माण भएको हो। तेक्वान्दो एकेडेमीको भवनमा २०० सय दर्शक अट्न सक्ने क्षमता रहेको प्रशिक्षक सन्ताेष प्याकुरेलले जानकारी दिए। प्रशिक्षक प्याकुरेलले भवन निर्माणमा विशेष सहयाेग बीन्दा ढुङ्गानाले गरेकाे समेत बताए। उनले सहयाेग गर्ने अन्य थुप्रै दातालाइ पनि धन्यवाद दिएका छन।

https://barnanmedia.com/news/detail/181181/

‘नेपाली क्रान्ति मौलिक चरित्रको’

 नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली क्रान्ति मौलिक चरित्रको रहेको बताउनुभएको छ । 

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद’ (जबज) विषयक विचार गोष्ठीमा उहाँले विश्वमा भएका राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसात गरेको बताउनुभयो । 

‘प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने’

 बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताउनुभएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज ३४ जना महिला स्वयंसेविकाको बिदाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानअनुसार आधारभूत स्वास्थ्य स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र भए पनि स्रोतको अभावले समस्या भएको बताउनुभयो । उहाँले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।

तराईमा सुख्खा मौसमले दूध उत्पादनमा कमी

 सुख्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ । 

सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो । सोही अवधिमा विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको थियो । 

हाल दैनिक छ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूध वीरगञ्ज, हेटौँडा र भरतपुरका उपभोक्ताले दैनिक चार हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ ।

जनअपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले देशका अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले परिवर्तनको आन्दोलनमा योगदान गरेका नेताले जनअपेक्षा पूरा गर्न फेरि एकपटक सङ्कल्प लिने जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका नेताले अझ ठूलो परिवर्तनका निम्ति एवम् नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरी एकपटक सङ्कल्प लिन र एकताबद्ध हुन जरुरी छ ।”

पाकिस्तानको बलुचिस्तानमा वर्षाका कारण छ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विगत पाँच दिनदेखि परेको वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको बलुचिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अधिकारीहरूले आइतबार बताएका छन् ।

हालैको भारी वर्षाले प्रदेशका विभिन्न जिल्लामा पहिरो खसेको, प्रमुख राजमार्ग अवरुद्ध गरेको र धेरै सवारीसाधन अलपत्र परेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा अचानक भारी वर्षाका कारण ११ जनाको मृत्यु

 भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ । यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार छापेको छ । 

वर्षाका कारण राजधानीमा कयौं उडान स्थगित भएका छन् । यो महिनाको सुरुमा दिल्ली अहिलेसम्मकै डरलाग्दो लूको चपेटामा आएको थियो । तर जुन २८ मा इतिहासकै सबैभन्दा धेरै वर्षा भयो । 

एकै दिनमा दिल्लीमा महिनाभरिको औसत वर्ष भयो । मुसलधारे वर्षाका कारण दिल्लीको मुख्य विमानस्थलको छत खस्दा एक जनाको मृत्यु नै भयो । उडानहरू प्रभावित भए । 

एन आई सी एशिया बैंकद्वारा Mastercard Issuance सेवा शुभारम्भ

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरुमा गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सीएशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ Mastercard Issuance सेवा शुभारम्भ गरेको छ ।

आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड Issuance सेवाको शुभारम्भ गरिएको हो ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने Mastercard बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहक महानुभावहरुले प्राप्त गर्नसक्नुहुनेछ । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV Chip) तथा अत्याधुनिक Contactless प्रविधि समेत प्रयोग गरिएको छ। यस कार्डमार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट ATM withdrawal को साथमा POS तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नुहुनेछ । ‘

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकमाथि भोलि थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई अदालत उपस्थित गराइएको छ।

काठमाडौँको बौद्धबाट पक्राउ परेका थापालाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालत उपस्थित गराएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।  

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतले आइतबार झालाई  ७ दिन थुनामा राख्न अनुमति दिएका हो ।

शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।