नुवाकाेटको चाेकदेमा २७ लाखको लगानीमा तेक्वान्दो एकेडेमी भवन निर्माण

नुवाकाेटको चाेकदेमा  २७ लाखको लगानीमा तेक्वान्दो एकेडेमी भवन निर्माण भएको छ। 

 भवनको शनिबार नेकपा एमालेकी केन्द्रीय सदस्य बीन्दा ढुङ्गानाले उद्घाटन गरेकी हुन्। चाेकदे सुर्यगढी गाउँपालिका(३)परिसर नजिकै निर्माण भएको तेक्वान्दो एकेडेमी भवन सुबिधा सम्पन्न भएको ढुङ्गानाले दाबी गरिन।

भवन २७ लाख रुयैयाँको लागतमा निर्माण भएको हो। तेक्वान्दो एकेडेमीको भवनमा २०० सय दर्शक अट्न सक्ने क्षमता रहेको प्रशिक्षक सन्ताेष प्याकुरेलले जानकारी दिए। प्रशिक्षक प्याकुरेलले भवन निर्माणमा विशेष सहयाेग बीन्दा ढुङ्गानाले गरेकाे समेत बताए। उनले सहयाेग गर्ने अन्य थुप्रै दातालाइ पनि धन्यवाद दिएका छन।

एक राेपनि भन्दा बढी जग्गामा निर्माण भएका एकेडेमी भवन उद्घाटनमा एमालेकी केन्द्रीय सदस्य ढुङ्गानाले प्रत्येक बालबालिकाहरुलाई तेक्वान्दो खेलप्रति मोह जगाउन सहज हुने बताइन। उनले नेपाली तेक्वान्दोले रचेको इतिहासलाई सुर्यगढी गाउँपालिकाका खेलाडीहरुले दोहोर्याउने विश्वास व्यक्त गरिन ।

कार्यक्रमा एमाले नुवाकोटको अध्यक्ष बद्री मैनाली पनि उपस्थित थिए। उनले एकेडेमी तेक्वान्दोको गुरुकुलका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्राथमिकतामा परेका सबै खेलको एकेडेमी निर्माण गर्ने योजना रहेको बताए । उनले स्थानीय सरकार र यहाँका जनप्रतिनिधिले तेक्वान्दोको विकास लागि गरेको योगदानप्रति धन्यवाद प्रकट गर्दै यो एकेडेमी निर्माणले प्रतिभावान् खेलाडी उत्पादनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। मैनालीले आवश्यक परेकाे अवस्थामा आफुले जस्ताेसुकै सहयाेग गर्न पनि तयार रहेकाे समेत बताए।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्ताेष राइ,बागमति प्रदेश तेक्वान्दोका अध्यक्ष केशव पुरी,सुर्यगढी गाउँपालिका वडा नँ ३ का वडाअध्यक्ष पिङ्गल बहादुर थापा मगर, सुर्यगढी गाउँपालिका वडा नँ ३ का पुर्ब वडाअध्यक्ष ऋषि बदादुर पाैडेल,श्री बागेश्वरी उच्च मा .वि का प्रधानाध्यापक जनार्दन अधिकारी लगायतकाे उपस्थिति थियाे।

(नुवाकोटबाट बासुदेब न्यौपाने)