ओली र प्रचण्डलाई रविले भने: आफू बलियो रहेको तर महामन्त्रीका पक्षमा माहौल नभएको बताए

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका महामन्त्री मुकुल ढकालका पक्षमा खासै पार्टीभित्र माहौल नभएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रविले पार्टीभित्र आफू बलियो रहेको तर महामन्त्रीका पक्षमा माहौल नभएको बताएका हुन्।

प्रधानमन्त्री कार्यालयमा पुगेका ओली र प्रचण्डले केही बेर कुराकानी गरेपछि अन्तिमतिर रविलाई पनि बोलाएका थिए।

ओली र प्रचण्डले रास्वपामा पछिल्ला दिनमा देखापरेका घटनाक्रमबारे चासो राखेका थिए। पार्टीमा खासै ठूलो केही नभएको रविको भनाइ थियो।

‘केही साथीहरूले महामन्त्रीको प्रतिवेदन बुझ्न हुन्न भनिराख्नु भएको थियो, तर मैले बुझेँ,’ सभापति लामिछानेले पार्टीका कुराबारे ओली र प्रचण्डलाई भनेका थिए, ‘प्रतिवेदन बुझाउने महामन्त्रीका पक्षमा खासै पार्टीभित्र माहौल छैन।’

रास्वपा महामन्त्री डा. मुकुल ढकालले ३९ जिल्ला घुमेर सभापति लामिछानेलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमा उल्लेख भएका विषयमा रास्वपामा तीव्र विवाद छ। महामन्त्री ढकालमाथि गत शुक्रबार पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेको छ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकाली अन्तरिम आदेश

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकाली अन्त…

उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ'

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ'

प्रचण्डलाई देउवाको जवाफ : ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई सरी’

प्रचण्डलाई देउवाको जवाफ : ‘एमालेसँग सरकार बनाउने सम्झौता भइसक्यो, अहिलेलाई स…

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन र : गृहमन्त्री लामिछाने

कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन र : गृहमन्त्री …

भारतले संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक बनाएको दावी

भारतले संसारकै सबैभन्दा शक्तिशाली गैर परमाणु विस्फोटक बनाएको दावी

नरहामा पोखरीमा डुबेर मृत्यु बालकको शव मंगलबार फेला

नरहामा पोखरीमा डुबेर मृत्यु बालकको शव मंगलबार फेला