साताको पहिलो दिन :नेप्से १४.८३ अंकले घट्दा कारोबार रकम पनि घट्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/share-bazar_UNGKJZxl1A_ljn3ebiepaudqssiruuqnjzex8d16hy7xs2c5fzjeahm3cgwlaruhv9b3qzh_ECGUimwdSM_gesi8e9ip3ziaiyekg5sswxiwoerfg4usclvt2qprxewph64msb4lyyhr9s6.jpg)
अघिल्लो साता पाँच दिनमा ३ दिन घटेर शेयर बजार दुई हजार ५० बिन्दुभन्दा मुनि पुगेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से दोहोरो अंकले घटेको छ ।
आज १४.८३ अंकले घटेर नेप्से परिसूचक दुई हजार ३७.०९ अंकमा पुगेर बजार बन्द भएको छ । बिहीबार नेप्से ८.२४ अंकले घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । बिहीबार ३ अर्ब ६३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३ अर्ब ५१ करोड रुपैयाँमा कारोबार समेटिएको छ ।
आज १३ उपसमूहमध्ये वित्त र उत्पादन तथा प्रशोधन दुई उपसमूह बाहेक सबैको परिसूचक घटेको छ । आज सबैभन्दा बढी लघुवित्त उपसमूहको परिसूचक १.३७ प्रतिशत घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक ह्रास पनि १ प्रतिशतभन्दा बढी छ।
यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.३० प्रतिशतले गुमाएका छन् । त्यसपछि साधाना लघुवित्तको ८.७७ र गणपति लघुवित्तको ५.७६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक ७.०६ प्रतिशत कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीको शेयर ५.७६ प्रतिशत बढेको छ ।
पछिल्लो समय जेठ ३१ गते एक्काइस सय बिन्दुभन्दा माथि अर्थात् दुई हजार ११२.२९ रहेको नेप्से त्यसयता निरन्तर घट्दै दुई हजार बिन्दुतर्फ ओ‌रालो लागेको छ ।
![एमालेको सचिवालय बैठक ३ बजे बस्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/UML_sachibalaya-meeting-1024x569_dHuZejZLTj_zkf0cm1oe3wbbsjaddz9k8smqb0pcvo89moqf8kofdrv4benmgp9h9wnbrep_FNGKZs567x_1rlefdtarqximw2jpvbqqvwntbbu1tkeocnjfdmif7fzri4qgeuxvufueua6.jpg)
एमालेको सचिवालय बैठक ३ बजे बस्ने
![मध्यरातमा देउवासँग सहमति गरेर ओलीले ठूलो घात गर्नुभयो : प्रधानमन्त्री प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/y_JgR9tGQD87_zaschexptxxgfrukc5ghthd2fxh4qdlow1t83tehfsm4s5tcyse9acz2z5ft_4XGwCvUCIb_crprrgczc5izici8top8cclcb2wkhrhidupql9ip4fc3hif1r2xlmnixerat.jpg)
मध्यरातमा देउवासँग सहमति गरेर ओलीले ठूलो घात गर्नुभयो : प्रधानमन्त्री प्रचण्ड
![विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/snake_AtLKpe9R3J_9vkpslgbcnwnesmnfvslsaaqmbbc9bqakcngzo5iyspqqvdcmnz2jbsl60kd_wEHXDbI0MJ_iy3nbj3vxbqkofq4qdil2oslbppryf2wfmo7kgmhoyy1l73wo1txhoekty3d.jpg)
विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु
![दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी](https://snowberry.prixacdn.net/media/gallery_folder/deepakraj-giri_RAwYcOmk4W_cfybn3ngvd4atc8hugks1wm0ephjviycfsttsyc2pcjdnmcod8b1o1utqfyf_yfQpbCcVB9_0mbsnz36qy4mpppla8p5llzz7y69wf9fob17hd8entadi356azurzya6rdlp.jpeg)
दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी
![शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई](https://snowberry.prixacdn.net/media/gallery_folder/bakrapalan%2520rajkumar_RXjGyiR5IR_jetg6naj8re89z6typrxgjeqddzrnmvraeqxlcadluis3bbjwbkwvd0yl5hm_ufpKjmmPHy_xevhweskdmami2zyikpxfsjfsh8rdobityiyctnb6brzg59v4ljh7eflwzbw.jpg)
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
![रास्वपाले प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/a90019b0-cf9b-11ed-be2e-754a65c11505.jpg_9YpTZeE0Da_1cf7fjqpwhpuagmsrbihk6ln6p8wywvxzzxw9msdu01ykfb54ehjmc9rvicv_aXGLbqIzjr_lddqvk9qefxy6ssrdbxqnpku0omho5sv7gkypw9iqsaglqkdoqfeftn7wr6d.webp)
रास्वपाले प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने
![मार्तडी–कोल्टी सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak-_o7RF6pWCaq_ziitkwcfsx4y1kuu1ftgaol3svkxg5k8bjgfmhb0eigwr9jc15cbq181fplo_w7G57XklKO_lqj6cmnhrd0umxahbt6j9jlzjgtg7l4silihbhwue6hamafhiemlsfbx4ao9.webp)
मार्तडी–कोल्टी सडक अवरुद्ध
![एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/samajbadi2024-07-02-08-14-27_SLOuU1cWlE_yvfqsi6gcrouwgydrimbis4d6kiomnkwl3zadpk9ja7imae0274ke4pno2th_bIQpLFyNrc_ahf1n6bkqhs9t2zhid925fhxteqsq2htkid1wutaxpiolps0nby0pgdnabnt.jpeg)
प्रतिक्रिया